नागढुंगाबाट २ किलो चरेशसहित एक महिला पक्राउ

606 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौ । नागढुंगाबाट २ किलो लागुऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी प्रमुख ज्ञानवहादुर खड्काको नेतृत्वको टोलीले चेक जाँचको क्रममा लागु औषध चरेश सहित ती महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ की गोपिनी खत्री रहेकी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रबक्ता होविन्द्र वोगटीले वताए ।

धादिङबाट काठमाडौ आउँदै गरेको बा४ ख ३६६३ नम्बरको टिपरलाई सोमवार नागढुंगामा चेकजाँच गर्दा उनी पक्राउ परेकी हुन् । उनको साथबाट अबैध लागुऔषध चरेस १ किलो ९ सय ७५ ग्राम बरामद गरिएकाे छ ।

पक्राउ गरिएको गोपिनी खत्रीलाई म्याद थप गरि आगुऔषध एन अन्तर्गत मुद्दा चलाइने महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए ।