धादिङ जिल्ला स्तरीय भलिवल प्रतियोगिता जारी

1045 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी-  अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर धादिङको सदरमुकाम धादिङबेसीमा जिल्लास्तरीय खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।
एडभान्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शुक्रवार धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले उद्घाटन गर्नु भएको थियो । लैंङ्गिक समानताका लागि समान सोच र ब्यवहार समृद्धिको आधार भन्ने नाराको साथ सुरुभएको जिल्ला स्तरीय भलिबल प्रतियोगितामा जिल्लाका विभिन्न १२ माध्यमिक विद्यालयको टिम सहभागि भएका छन् ।
उद्घाटन खेल नीलकण्ठ मावि र एड्भान्स एकेडेमी बीच मैत्रिपुर्ण छात्रा भलिबल आयोजना गरिएको थियो । मैत्रिपूर्ण खेलमा एड्भान्स एकेडेमीको छात्रा टिमले विजयी भएको थियो ।
उद्घाटन कार्यक्रम एड्भान्स एकेडेमीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) को अध्यक्षतामा भएको थियो । प्रतियोगितामा ७ सरकारी विद्यालय र ५ नीजि विद्यालयहरु सहभागि छन् ।
तीन दिन सम्म चल्ने यस प्रतियोगिताको पहिलो दिन भएका पाँच वटा खेलहरुमा मुक्रापदेवि मावि रुबीभ्यालीले पशुपति मावि नीलकण्ठ १२ साङकोषलाई २–१ मा हराएको छ ।
दोश्रो खेलमा नीलकण्ठ माविले कालिका मावि वेनिघाटरोराङलाई २ – ० मा पराजित गरेको छ भने तेश्रो खेलमा दि राइजिङ भिलेज मावि बैरेनीले चिल्डे«नपार्क माविलाई २–० मा हराएको थियो भने चौथो खेल किवो बोर्डिङ र एडभान्स एकेडेमी ‘ए’ बिच भएकोमा एड्भान्स एकेडेमी ‘ए’ ले धादिङबेसी स्थित न्यू किवो बोर्डिङलाई २ – ० मा हरायो । पहिलो दिनको अन्तिम खेल एड्भान्स एकेडेमी ‘बि’ र मुक्रावदेवी मावि बिच भएकोमा मुक्रावदेवी २– ० ले विजयी भएको थियो ।
दोश्रो दिनका खेलहरु शनिबार बिहान ७ बजेबाट सुरु हुनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई मेडल, प्रमाणपत्र, कप र नगद रु ३०,०००,द्धितीय हुनेलाई मेडल, प्रमाणपत्र, कप र नगद रु १५,००० ,तृतीयहुने दुई टिमलाई मेडल, प्रमाणपत्र, नगद रु ५ र ५ हजार प्रदान गरिने छ ।