सत्यवती आल्मनाइ एसोसिएसन तदर्थ समिति गठन

1469 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आदमटार- धादिङको सिद्धलेक गाउँपालिकाको आदमटारमा रहेको सत्यवती माद्यामिक बिद्यालयका पूर्व बिद्यार्थीहरुको भेला शनिवार सम्पन्न भएको छ ।
बिद्यालयमा पढेका पुराना बिद्यार्थीहरुका बिच पुनर्मिलन गर्ने उद्धेश्यले आयोजना गरिएको भेलामा ‘सत्यवती माबि रुपान्तरणमा, पूर्व बिद्यार्थीको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ ।
भेलामा सहभागी पूर्व बिद्यार्थीहरुले राजेन्द्र कुमार बस्नेतको अध्यक्षतामा ११ सदस्यिय सत्यवती आल्मनाइ एसोसिएसन तदर्थ समिति गठन गरेका छन् ।
समितिको उपाध्यक्षमा नीलकण्ठ खनाल, महासचिवमा दीपक अर्याल, कोषाध्यक्षमा शान्ती पुरी, सचिवमा कविता खतिवडा, सदस्यहरुमा परशुराम खतिवडा, मेनुका खतिवडा, राधा अधिकारी, प्रल्हाद लामिछाने,चन्द्र बहादुर राई र नारायण सुबेदी चयन हुनु भएको छ ।
भेलामा २०४९ साल देखि २०५५ साल सम्म बिद्यालयबाट प्रवेशिका परीक्षामा सहभागी भएका पुर्व बिद्यार्थीहरु १ सय ३५ जना, पुर्व शिक्षक ७ जना,बहालवाला शिक्षक १० जना र बिद्यालय व्यवस्थापन समितिका ५ जनाको सहभागिता रहेको थियो । बिद्यालयबाट अहिले सम्म २६ समूहले प्रवेशिका परीक्षामा सहभागिता जनाईसकेका छन । भेला पुर्व बिद्यार्थी नारायण प्रसाद आचार्यको अध्यक्षतामा भएको थियो भने बिद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मण शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खतिवडा र बिद्यालयका प्रधानाध्यापक रामबहादुर खतिवडाको आतिथ्य रहेको थियो ।