दैनिक जुस पिउनुस्– मुटु रोगबाट बच्नुस् !

981 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- यो गर्मिमा जुस भन्नासाथ कस्को मुख नरसाउला र ? एकाध व्यक्ति वाहेक धेरैको रोजाईको पेय पदार्थ हो जुस । जुस मन परेपनि पिउने तरिका नजान्दा यस्ले हानी पनि पु¥याउन सक्छ । त्यसो भए जुस कसरि पिउने त भन्न कौतुहलता तपाईलाई लाग्यो होला । आज हामी ओरेन्ज अर्थात सुन्तलाको जुसका वारेमा केही जानकारी दिने कोशिशमा छौं । ओरेञ्ज जुस सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । यसमा भरपुर मात्रामा भिटामिन ‘सी’ पाउनुका साथै एन्टिअक्सिडेन्ट पाइन्छ । स्वादिष्ट हुनुका साथै ओरेञ्ज जुसले शरीरलाई तुरुन्तै इनर्जी पनि दिन्छ । तपाई–हामीले विहान ब्रेकफाष्ट अथवा शारीरिक कसरत (जिम)पछि ओरेञ्ज जुसको सेवन गर्न सक्छौं ।

तर हामी सबैलाई थाहा नहुन पनि सक्छ, पौष्टिक आहारको गुणहरुबाट भरिपूर्ण ओरेञ्ज जुस दैनिक सेवन गर्दा स्ट्रोकको खतराबाट पनि बच्न सकिन्छ । यो जानकारी भर्खरै गरिएको एक नयाँ अनुसन्धानबाट पुष्टी भएको हो । ब्रिटिस जर्नल अफ न्युट्रिशनमा प्रकाशित अध्ययनका अनुसार जसले दैनिक ओरेञ्ज जुसको सेवन गरेको छ, उनमा ब्रेन स्ट्रोक हुने खतरा अन्य मानिसको तुलनामा २४ प्रतिशत कम हुन्छ । यसका साथै मुटु सम्बन्धी रोगहरुमा पनि कम खतरा भएको पाइएको छ ।

अनुसन्धानकर्ताहरुले २० देखि ७० वर्ष उमेरका ३५,००० जना मानिसहरुलाई यस अध्ययनमा सामेल गरेका थिए । ताजा फलफूलको जुस निकै स्वस्थ्य मानिन्छ । साथै विगत केही वर्षदेखि जुसमा प्रयोग गरिएको अत्याधिक चिनीको सेवनबाट बच्नका लागि पनि सचेत गरिएको छ ।

  • एजेन्सी