विश्वकै ९८ औं शक्तिशाली बरियतामा नेपालको पासपोर्ट

2847 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिंगापुर- नेपालको पासपोर्ट विश्वकै ९८ औं शक्तिशाली बरियतामा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूची अनुसार नेपालले ९८ औं स्थान हासिल गरेको हो ।
विश्वकै शक्तिशाली पासपोर्टमा यो वर्ष जापान, सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट संयुक्त रुपमा परेको नयाँ विश्वव्यापी वरियताले देखाएको छ ।
सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट संयुक्त रुपमा दोस्रोबाट पहिलो स्थानमा उक्लिएका हुन् । यी मुलुकका नागरिकहरुले विश्वभरीका १८९ मुलुकमा जापानका नागरिकले जस्तै भिषा बिना घुम्न जान पाउनेछन् ।
दोस्रो स्थानमा जर्मन पासपोर्ट रहेको छ । यो अघिल्लो वर्षको तेस्रो स्थानबाट दोस्रोमा उक्लिएको हो । बिना भिषा १८५ मुलुकको भ्रमण गर्न पाउनेगरी बेलायतको पासपोर्ट पाँचौ बलियो भएको छ । अमेरिकी पासपोर्टले १८४ मुलुकको भ्रमण गर्न पाउनेछन् । अमेरिकाको पासपोर्ट छैटौ बलियो भएको छ । आयटाले सार्वजनिक गरेको तथ्यांकका आधारमा हेन्ली पासपोर्ट इन्डेक्सले यो सूची सार्वजनिक गरेको हो ।
फ्रान्सको पासपोर्ट तेस्रो बलियो भएको छ । डेनमार्क, फिनल्यान्ड, इटाली र स्वीडेनका पासपोर्टले बिना भिसा वा अन अराइभल भिषाका आधारमा १८७ मुलुकको भ्रमण गर्न पाउनेछन् ।
चौथोमा संयुक्त रुपमा लक्जेम्बर्ग र स्पेनका पासपोर्टले १८६ मुलुकको भ्रमण गर्न पाउनेछन् । पाँचौ स्थानमा संयुक्त रुपमा संयुक्त अधिराज्य, अस्टेलिया, डच, नर्वे, पोर्चुगल र स्वीस पासपोर्ट रहेको एजेन्सीलाई उद्धृत गर्दै कारोवार डेलि डट कमले समाचार लेखेको छ ।