बिहानै देखि धादिङ जिल्लाभर मौसममा फेरवदल, ठाउँ ठाउँमा सिमसिमे बर्षा

1080 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–धादिङ जिल्ला सदरमुकामका साथै जिल्लाको अधिकांश स्थानमा आज विहानै देखि मौसममा परिवर्तन आएको छ । आकाश वादलले ढाकेको छ भने घाम पनि लागेको छैन । ठुलो झरी नपरेपनि सिमसिमे पानी भने जिल्लाभर नै परेको छ । जिल्लाको राजमार्ग क्षेत्र देखि ग्रामीण भेग तिर पनि पानी परिरहेको छ । स्थानीयका अनुसार जिल्लाको १३ वटै स्थानीय तहका गाउँबस्तीमा विहानै देखि सिमसिम पानी परिरहेको छ । यसै गरी छिमेकी जिल्ला नुवाकोटको अधिकांश भागमा पनि पानी परिरहेको स्थानीयले वताएका छन ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
एका विहानै देखि पानी परेपछि जनजजिवन प्रभावित भएको छ । पश्चिमबाट वर्षा पूर्वतिर सर्दै जानेछ । महाशाखाका अनुसार आज दिउँसो पूर्वी भेगलगायत मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने पूर्व, मध्य र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा मध्याह्नपछि वा साँझतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वी हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।