क्यान्सर पिडित गुम्दीका १३ बर्षिय लोकेन्द्रलाई आर्थिक सहयोग

1699 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । क्यान्सरबाट पिडित भई उपचार गराईरहेका धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ३ गुम्दीका १३ बर्षिय बालक लोकेन्द्र गुरुङको उपचारका लागि गुम्दि कल्याणकारी समाजले आर्थिक सहयोग प्रदान गरेको छ ।
धादिङ गंगाजमुना गांउपालिका वडा नं ३ का राजकुमार गुरुङका छोरा १३ बर्षिय लोकेन्द्र गुरुङ हाँस्दै खेल्दै रमाउने उमेरमा क्यान्सर रोगबाट पिडित भई ललितपुर हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा कष्टकर अवस्थामा छटपटाई रहेका छन । पिडित लोकेन्द्रको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेकोले उपचारका लागि खर्च जुटाउन निकै कठिन भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।
गुम्दि कल्याणकारी समाजले क्यान्सर पिडित लोकेन्द्रको उपचारको लागि देशविदेशबाट आर्थिक सहयोग संकलन गरि पिडितलाई चौरानब्बे हजार पाँच रुपैयाँ गुम्दि कल्याणकारी समाजका अध्यक्ष गोविन्दप्रसाद सिंखडा लगाएत कल्याणकारी समाज पदाधिकारी र सदस्यहरुले सहयोग रकम हस्तान्तरण गरेका हुन ।
जनचेतना र आर्थिक अभावका कारणले सामान्य रोगले पनि धेरै मान्छेहरु मृत्युको मुखमा पुगिरहेकोले अब गाउँ गाउँमा पुगेर जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने कल्याणकारी समाजका उपाध्यक्ष सन्तोष गुरुङ बताउनुहुन्छ । समाजमा बढ्दै गएको यस्ता समस्यालाई नियन्त्रण र न्युनिकरणका लागि गुम्दी कल्याणकारी समाजले विभिन्न जनचेतनामुलक कार्यक्रम र स्वास्थ्य सिविर सञ्चालन गर्ने समाजकी प्रवक्ता इन्दिरा घलेले वताउनु भयो ।