मुग्लिन नजिकै दुर्घटनामा परेर ज्यामरुङका राजन धमलाको मृत्यु

1463 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१८ चैत – पृथ्वी लोकमार्गमा पर्ने मलेखु मुग्लिन सडक खण्डमा सोमबार विहान साँढे सात वजे तिर भएको सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
पृथ्वी लोकमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट परीक्षा केन्द्र कुरिनटार तर्फ आउँदै गरेको बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङका ३५ वर्षीय राजन धमलाको ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । दुर्घटनामा परेर घाईते भएका धमलाको उपचारका क्रममा विहान १० वजे भरतपुरमा ज्यान गएको पनि प्रहरीले जनाएको छ ।
दुर्घटनामा भ्यानका चालक सामान्य घाइते भएका छन । दुर्घटनाका कारणबारे अनुन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।