नेपाली कागज उद्योगलाई लोक्ताको अभाव

1409 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आरुघाट-सरकारी काम काजका लागि अनिवार्य रुपमा प्रयोग हुदैं आईरहेको नेपाली कागज उत्पादनका लागि चाहिने कच्चा पदार्थ लोक्ताको अभाव वढन थाले पछि नेपाली कागज उद्योगको उत्पादनमा प्रभाव पर्न थालेको छ ।
धादिङ र गोरखा जिल्लाको व्यापारिक केन्द्र आरुघाटमा संचालनमा रहेको धादिङ जिल्लाकै एक मात्र नेपाली काजग उद्योग मनास्लु नेपाली कागज उद्योगले नियमित रुपमा नेपाली कागजको उत्पादन गर्दै आईरहेको छ । नेपाली कागजको उत्पादनका लागि चाहिने कच्चा पदार्थ लोक्ता उच्च हिमाली भेगमा मात्र पाइने भएकाले पछिल्लो समयमा लोक्ताको अभाव बढ्दै जान थालेको व्यवसायीहरु बताउंछन । संरक्षणको अभावले केहि वर्ष यता हिमाली भेगमा लोक्ताको उत्पादनमा कमि आउन थालेपछि कागज उद्योग प्रभावित वन्दै जान थालेको हो । वर्षौ देखि नियमित रुपमा नेपाली कागज उत्पादन गर्दै आईरहेको मनास्नु नेपाली कागज उद्योगले विदेशमा समेत निर्यात हने उच्च गुणस्तरको कागज उत्पादन गर्दै आईरहेको उद्योगका संचालक सानुकाजी श्रेष्ठ वताउनुहन्छ ।
कच्चा पदार्थ लोक्तालाई ल्याएर धेरै पटक प्रशोधन गरि नेपाली कागज वनाउन निकै खर्च लाग्ने उहाँ बताउनुहन्छ । आंफुले उच्च गुणस्तरको सामान उत्पादन गरेका कारण स्थानीय वजारका साथै,काठमाण्डौ, नारायणगढ गोरखा,पाल्पा, पोखरा र माग अनुसार जापानमा समेत सजिलै संग विक्रि वितरण गर्ने गरेको पनि श्रेष्ठले वताउनु भयो ।
लोक्ताको अभाव वढन नदिन हिमाली भेगका सामुदायिक वन र वन संरक्षण समितिहरु संग समन्वय गर्दै लोक्ता संरक्षणका लागि पहल गर्दै आईरहेको भएपनि पछिल्लो समय लोक्ताको अभाव बढ्दै गएको व्यवसायी श्रेष्ठको भनाई छ । विगतमा उद्योग चलाउन निकै समस्या परेको भएपनि आंफुहरु विचलित नभई व्यवसायमा लागि परेका कारण अहिले सम्म उद्योग संचालन भईरहेको पनि श्रेष्ठले वताउनु भयो । डेढ दशक अघि सम्म धादिङ जिल्लाको गाउं गाउंमा नेपाली काजग उद्योग संचालनमा रहेको भएपनि ति सवै उद्योगहरु कच्चा पदार्थको अभावकै कारण अहिले वन्द भईसकेका छन । कागज उत्पादनका लागि चाहिने कच्चा पदार्थको संरक्षण हुन सकेन भने जिल्लाकै एक मात्र उद्योग पनि वन्द नहोला भन्न नसकिने जिल्ला समन्वय समिति धादिङका सदस्य कमलनारायण श्रेष्ठ वताउनुहुन्छ ।