पुर्व प्राथमिक तह पुरा गरेका ६९ जना विद्यार्थी दिक्षित

974 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ २१ चैत । पुर्व प्राथमिक तहको अध्ययन पुरा गरेर आधारभूत तहमा प्रवेश गरेका बालवालिकालाई थप पढाईक लागि प्रोत्साहन गर्ने उद्धेश्यले धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीले ६९ जना विद्यार्थीहरुलाई दिक्षित गरेको छ । प्ले ग्रुपमा भर्ना भएर नर्सरी,एलकेजी हुंदै युकेजी उत्तिर्ण भई कक्षा एकमा पुगेका ६९ जना विद्यार्थीहरुलाई बुधवार बिद्यालयले दिक्षित गरेको हो । यस्तो कार्यक्रमबाट ससाना वालवालिकामा पढाई प्रति थप उत्साह बढ्ने बिद्यालयले जनाएको छ ।
एड्भान्स एकेडेमीका संस्थापक प्रिन्सिपल गोविन्द बुढाथोकीको अध्यक्षतामा भएको भएको दिक्षान्त समारोहमा बिद्यालय सन्चालक समितिका अध्यक्ष अर्जुन श्रेष्ठ(गोर्खाली) निर्देशक विष्णुप्रसाद कोईराला,एसोसियट प्रिन्सिपल भिम बहादुर श्रेष्ठको आतिथ्य रहेको थियो ।
जिल्लाका निजी बिद्यालयहरु मध्ये पढाईका साथै अतिरिक्त क्रियाकलापमा अव्वल पहिचान स्थापित गर्न सफल हुंदै आएको एडभान्सले गत बर्ष देखि शुरु गरेको पुर्व प्राथमिक तह उत्तिर्णलाई दिक्षित गर्ने कार्यक्रम लोकप्रिय देखिएको छ । यस्ता कार्यक्रमले विद्यार्थीलाई हौसला र अभिभावकलाई समेत खुसी दिन सफल भएको छ । शैक्षिक विकासका निम्ति अन्तराष्ट्रिय जगतमो यस्तो प्रचलन रहेपनि धादिङ जिल्लामा भने एड्भान्स एकेडेमीले गत बर्षदेखी दिक्षित कार्यक्रम शुरु गरेको हो । दिक्षान्त कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न प्रस्तुतिहरु देखाएका थिए ।