स्वस्थ जिवनका लागि खानपानमा ध्यान दिनु पर्छ

1207 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हामीले खाएको खानेकुराको असर स्वास्थ्य र छालामा देखिन्छ ।
त्यसैले स्वस्थ र सुन्दर रहन खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

यो काम धेरै सजिलो छ किनकि स्वास्थ्य र सुन्दरताको खजाना हाम्रो भान्सामा नै रहेको हुन्छ ।

करेला
तितो करेला तपाईंलाई पक्कै पनि मन पर्छ होला । तर यसमा रहेको गुणले स्वास्थ्य र सौन्र्दयमा आइपर्ने विभिन्न समस्याहरुबाट हामीलाई बचाउँछ । करेलामा पाइने काब्रोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिर्टस आदि स्वास्थ्य र सौन्दर्यका लागि निकै फाइदाजनक मानिन्छ ।
स्वास्थ्यमा फाइदा
मधुमेह–मधुमेहबाट पीडित ब्यक्तिले सँधै करेलाको रस पिउनाले समस्या निराकरणमा निकै मद्दत गर्छ ।
जन्डिस–करेलाको पातको रसमा थोरै हरडको धूलोे मिलाएर बिहान बेलुका पिउनाले जन्डिसमा राहत मिल्छ ।
पत्थरी–करेलाको हरियो पातको रसलााई दहीमा मिलाएर बिहान बेलुका पिउनाले पत्थरी गलेर निस्कन सक्छ ।
पेटमा किरा–पेटमा किराको कारणले यदि पेट दुःख्ने समस्या भएमा सँधै बिहान बेलुका तीन दिनसम्म करेलाको रस पिउनाले पेटका किरा नष्ट हुन्छन ।जोर्र्नी दुःख्ने–काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्र्नी दुःखेको ठाउँमा लगाउनले दुःखाईमा राहत मिल्छ ।
पिसाब पोल्ने–करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ ।
शौन्र्दर्यमा फाइदा
अनुहारको दागबाट मुक्ति–करेलाले रगत शुद्ध बनाउँछ । यसको सेवनले अनुहारमा दाग आउँदैन ।
स्वस्थ्य छाला– धेरै भिटामिन ए पाइने करेला एक राम्रो एन्टीअक्सिडेन्ट हो जसल्ऽे छालालाई स्वस्थ बनाउ मद्दत गर्छ ।
एन्टिएजिङ–करेलाले एन्टिएजिङको पनि काम गर्छ । यसको सेवनले छाला जवान र चम्किले देखिन्छ ।
पोतो–पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ ।

परवल
परवल थोरै मानिसलाई मन पर्नसक्छ । तर यसले धेरै रोगको औषधिको काम गर्छ । परवल खानाले कफ, खोकी, कुष्ठरोग, ज्वरोजस्ता समस्याबाट मुक्ति दिलााउन मद्दत गर्छ ।
स्वास्थ्यमा फाइदा
ज्वरो–बिहान बेलुका परवलको झोल पिउनाले ज्वरो आउँदा आराम मिल्छ ।
सुख्खा कफ–सुख्खा कफका कारण सास फेर्न समस्या हुन्छ । यस्तो बेला हरेक दिन बिहान परवलको काढामा मह मिलााएर पिउनाले कफ सजिलै बाहिर निस्कन्छ ।शरीर पोल्ने–शरीर पोलेको कम गर्न परवलको पात र धनियाँको काढा बनाउने । यसलाई बिहान पिउने । परवलको रसले शरीर मालिस गर्ने । यसले शरीर पोलेको चाँडै हराउँछ ।
जन्डिस–बिहान बेलुका परवलको क्वाथ पिउनाले जन्डिस र अन्य पेटसम्बन्धि रोगका लागि लाभदायक मानिन्छ ।
पेटमा किरा–१० ग्राम परवलको पात १० ग्राम धनियाँ १ सय ग्राम पानीमा रातभर भिजाउने । बिहान यसलाई छानेर दिनमा तीनपटक पिउनाले पेटको किरा मर्छन र पेट दुःख्ने समस्या पनि हुँदैन ।
शौन्र्दर्यमा फाइदा
(करेलाजस्तै परवलले पनि रगत शुद्धिको काम गर्छ । यसले छालासम्बन्धि समस्या हुँदैन ।
(परवलको नियमित सेवन गर्नाले स्किन एलर्र्जी बाट छुटकारा दिल्ऽाउँछ ।
(दाद भएको ठाउँमा परवलको पातको रस लगाउनाले यो पूरै ठीक हुन्छ ।

मूला
मूला धेरै रोगबाट छुटकारा दिने सब्जी हो । यसले शौन्र्दर्यसम्बन्धि समस्याबाट पनि मुक्ति दिलाउन मद्दत गर्छ ।
स्वास्थ्यमा फाइदा
रगत शुद्धी–मूलामा लौह तत्वको मात्रा धेरै हुने कारण यसको सेवनले रगत शुद्ध हुन्छ ।
मोटोपन– मुला क्षारयुक्त हुने भएकाले यसले बोसो कम गर्छ र मोटोपनमा कमी ल्याउँछ ।
यौन दुर्वलता– १ सय ग्राम मूलाको बिऊको दाना पिसेर २ देखि ३ ग्राम १ सय ग्राम घिउ वा दूधसँग बिहान बेलुका खानाले यौन दुर्वलता सम्बन्धि समस्या हट्दै जान्छ ।
महिनावारी सम्बन्धि समस्या– मूलाको बिऊको दाना पिसेर ४–४ ग्राम दैनिक ३ पटक पानीसँग पिउनाले महिनावारीसम्बन्धि समस्यामा फाइदा गर्छ ।
रुघाखोकी– दिनमा ३ पटक मूलाको गेडाको धूलो खानाले रुघाखोकीमा आराम मिल्छ ।
पेट दुःख्ने र ग्याँस्ट्रिक–मूलाको रसमा कागतिको रस मिलाएर पिउनाले पेट दुःख्ने वा ग्याँस्ट्रिक समस्यामा राहत मिल्छ ।
कान दुःख्ने– चार चम्चा मूलाको रसमा तोरीको तेल मिसाएर पकाउने । यो पानी सबै सुकेपछि निकालेर छान्ने र एउटा सफा बोतलमा राख्ने । कान दुःखेको बेला २–२ थोपा राख्नाले आराम मिल्छ ।
सौन्दर्यमा फाइदा
(मूलाको सब्जी खानाले वा यसको रस पिउनाले रगत सफा हुन्छ ।
(एक महिना लगातार मूला खानाले अनुहारको दाग र धब्वा कम हुन्छ ।
(काटेको मुलाले पोतोको दागमा रगड्नाले दाग कम हुन्छ ।
(मूलाको रसमा तिलको तेल मिलाएर कपाल मसाज गर्नाले कपाल झर्न कम हुन्छ । यसका साथै जुम्राको समस्याबाट समेत मुक्ति मिल्ऽ्छ ।

मेथी
खासगरी, महिलाका लागि मेथी धेरै गुणकारी मानिन्छ । मेथीको सेवनले महिलालाई गर्भवतीको समय एवं महिनावारीपछि कमजोर महसुस हुँदैन । यसका साथै दूध खुवाउने आमालाई मेथीको साग फाइदाजनक मानिन्छ ।
स्वास्थ्यमा फाइदा
पिसाबसम्बन्धि समस्या– मेथीको सब्जीको १ सय ग्राम रसमा २ ग्राम क्वाथ र ५ ग्राम चिनी मिलाएर पिउनाले छिनछिनमा पिसाब लाग्ने समस्या कम हुन्छ ।
पेट पोल्ने– मेथीको सुख्खा पातसँग मह मिलाएर उमालेको पानी दिनमा दुईपटक पिउनाले पेट पोल्दा आराम मिल्छ ।
बाथरोग–मेथीको रसले वाथनासक औषधिको काम गर्छ ।
सौन्र्दयमा फाइदा
–मेथीको सेवनले पेट सफा गर्छ । यसले छाला स्वस्थ र सफा देखिन्छ ।
–मेथीको सेवनले अनुहारमा दाग, फूस्रो हुने, फूट्ने संभावना कम हुन्छ ।
–मेथीको पात वा मेथीको गेडा पिसेर कपाल धुनाले कपाल चम्किलो र बलियो हुन्छ ।

अदुवा
अदुवाको सेवनले कफ र वायुसम्बन्धि रोग हुन दिँदैन । अदुवाको सेवनले भोक लाग्छ र पाचनशक्तिलाई बलियो बनाउँछ ।
स्वास्थ्यमा फाइदा
ज्वरो–अदुवा र पुदिनाको काढा बनाएर पिउनाले ज्वरो हराउँछ ।
भोक लाग्ने–अदुवाको टुक्रा काटेर नून छरेर खाँदा कब्जियतको समस्या हट्छ र भोक लाग्दछ ।
खोकी–अदुवाको रसमा मह राखेर चाट्नाले खोकी कम हुन्छ ।
रुघा–अदुवा राखेको चिया पिउनाले रुघा लाग्दा आराम मिल्छ ।
उल््टी–बारम्बार उल्टी भएमा अदुवाको रसमा प्याजको रस मिलाएर पिउनाले उल्टी रोकिन्छ ।
पेट दुःख्ने–अदुवा र पुदिनाको रसमा थोरै नून मिलाएर पिउनाले पेटको दुःखाइमा आराम मिल्छ ।
सौन्र्दयमा फाइदा
(अदुवाले एन्टीएजिंगको काम गर्छ । अदुवाको सेवनले छाला लामो समयसम्म जवान देखिन्छ ।
(सँधै बिहान खाली पेटमा अदुवा चपाउनाले छाला आकर्षक र सफा देखिन्छ ।
(अदुवाको रस धेरै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउनाल्ऽे छाला चम्किलो देखिन्छ ।

लसुन
लसुनल्ऽाई एन्टिअक्सिडेन्टको राम्रो श्रोत मानिन्छ । यो एन्टिब्याक्टेरिएल र एन्टीसेप्टिक भएकाले लसुनको सेवन स्वास्थ्यका ल्ऽागि लाभदायक मानिन्छ । सँधै थोरै मात्रामा लसुनको सेवन गर्नाले ब्यक्ति जीवनभर निरोगी रहनसक्छ । त्यसैले आयुर्र्वेदमा लसुनलाई महाऔषधि पनि भनिन्छ ।
स्वास्थ्यमा फाइदा
कान दुःख्ने–लसुनको पोटी तेलमा पकाएर छान्ने र दुई थोपा कानमा राख्ने । यसले कान दुःखेको कम हुन्छ ।
हिस्टिरिया– हिस्टिरियाको बेहोसी कम गर्न लसुन पिसेर रोगीलाई सुघाउने । यसले फाइदा गर्छ ।
औलौ –४ ग्राम पिसेको लसुनमा ८ मि लि घिउ तथा नून मिलाएर बिहानको समयमा खानाले औलौ ज्वरो हराउँछ ।
हैजा–लसुन, गेडा नभएको रातो खुर्सानी, काँचो हिंग र कपुरको समान मात्रा मिलाएर धूलो बनाउने । यो धूलोलाई कागतिको रस राखी पिस्ने र ठिक्कको दुई गोली बनाउने र आधा आधा घण्टामा एकएक गोली खानाले हैजाबाट मुक्ति दिलाउँछ ।
रातो डावर–लसुनको केस्रा पिसेर त्यसको रस निकाल्ने । लगातार तीन दिनसम्म रातो डावर आएको ठाउँमा लगाउनाल्ऽे रातो डावर हराउँछ ।
सौन्र्दर्यमा फाइदा
(धेरै एन्टीअक्सीडेन्टको श्रोत लसुन खानाले छाला राम्रो देखिन्छ ।
(नियमित लसुनको सेवन गर्नाले तपाईंको मात्र होइन तपाईंको छालाको उमेर पनि लामो हुन्छ र छाला जवान देखिन्छ ।

टमाटर
टमारमा निहित गुणले हामीलाई धेरै रोगबाट रक्षा गर्छ । त्यसैले टमाटरल्ऽाई आफ्नो दैनिक खानामा सामेल गर्न जरुरी हुन्छ ।
स्वास्थ्यमा फाइदा
महिला रोग– महिलाहरुको अनेकौं रोगका लागि टमाटर राम्रो फाइदाकारी हुन्छ । गर्भवती अवस्थामा तथा सुत्केरी पछि शारीरिक शक्ति बढाउन हरेक दिन ४ पटक २० ग्राम टमाटरको रस पिएमा सबै समस्या टाढा हुन्छ ।
मधुमेह– दुई सय ग्राम टमाटरको रस बिहान बेलुका पिउनाले मधुमेहमा आराम मिल्छ ।
रगतको कमी–शरीरमा रगतको कमी पूरा गर्न नियमित १ सय ग्राम टमाटरको रस वा टमाटरको सलाद खानुर्पर्छ ।
तौल बढाउन–शारीरिक तौल कम भएका ब्यक्तिले सँधै १–२ वटा पाकेको टमाटर खाएमा उसको तौल सजिल्ऽै बढ्छ ।
उल्टी–उल्टीबाट आराम पाउन १ सय ग्राम टमाटरको रसमा २५ ग्राम चिनी, १ ग्राम इलाइचीको धूलो, थोरै मरीच र ल््वांगको धूलो मिलाएर पिउनाले लााभ मिल्छ ।
सौन्र्दर्यमा फाइदा
( धेरै भिटामिन ए र भिटामिन सी पाइने टमाटरको सेवन गर्नाले अनुहारमा डण्डिफोर आउँदैन र छाला स्वस्थ रहन्छ ।
(नियमित टमाटर सेवन गर्नाले छालाामा चम्किलोपन आउँछ ।
(अनुहारमा टमाटर काटेर लगाउनाले छालामा निखार आउनुको साथै ब्ल्याक एण्ड ह्वाइट हेड्सको समस्या पनि हराउँछ ।

  • जनस्वास्थ्य सरोकारबाट