नेपाल बारको एसोसिएसनमा प्रगतिशील समूहको जित

1045 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं -नेपालका कानुन व्यवसायीको एक मात्र छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ पदाधिकारीका लागि भएको निर्वाचमा प्रगतिशिल समूहको जित भएको छ । महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार विजयी भएका छन् ।
विहिवार राती सम्पन्न भएको बारको मतगणना परिणामा अनुसार अध्यक्ष लगायत सम्पूर्ण पदमा प्रगतीशील समूहले जितेको छ भने महासचिव र प्रदेश नम्बर ५ को उपाध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवारले जितेका छन । अध्यक्षमा चण्डेश्वर श्रेष्ठले लोकतान्त्रिकका सुनिल पोखरेललाई पराजित गर्दै विजयी भएका हुन , श्रेष्ठले कुल ३ हजार २ सय २३ मत पाएका थिए भने पोखरेलले ३ हजार २७ मत ल्याएका थिए ।

महासचिवमा लोकतान्त्रिकका लीलामणि पोखरेलले ३ हजार ३ सय ८५ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिस्पर्धी सुरेन्द्र थापाले ३ हजार मत मात्र प्राप्त गरेका छन ।देशभर कुल १० हजार ३ सय १३ मतदाता रहेको नेपाल बारको शनिबार सम्पन्न भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो। उपत्यकाभित्र मात्र ४ हजार ४३ मत खसेको थियो । सर्वोच्च बारमा ६ सय ४४ मत रहेको छ भने पाटन पुनरावेदन बारमा १ हजार ६८ मत खसेको थियो । काठमाडौं बारमा १ हजार ५ सय ८० मत खसेको थियो।

तीनवर्षे नयाँ कार्यसमितिका लागि ६३ उम्मेदवार मैदानमा रहेका थिए । नयाँ निर्वाचनवाट २५ सदस्यीय कार्यसमिति चयन भएको छ । अध्यक्ष पदमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रेका थिए।बारको विधानमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक–एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्यका रहने उल्लेख छ।

 विजयी पदाधिकारी

अध्यक्ष- चण्डेश्वर श्रेष्ठ

उपाध्यक्ष -प्रदेश नम्वर १ मान बहादुर रुम्दाली

उपाध्यक्ष – प्रदेश नम्वर २ रामचन्द्र सिंह

उपाध्यक्ष- प्रदेश नम्वर ईश्वरी प्रसाद भट्टराई

उपाध्यक्ष – गण्डकी उपाध्यक्ष सुरेन्द्र थापा मगर

उपाध्यक्ष- प्रदेश नम्वर ५  सुनिल कुमार श्रेष्ठ

उपाध्यक्ष – कर्णाली उपाध्यक्ष मिनबहादुर महत

उपाध्यक्ष – सुदुरपश्चिम प्रदेश  उमेश प्रसाद बिष्ट

खुलाक्षेत्र उपाध्यक्ष – खुलाक्षेत्र महिला रक्षा बस्याल

महासचिव – लिलामणी पौडेल

कोषाध्यक्ष – रुद्रप्रसाद पोखरेल

सदस्य (दलित) –  मोहन साशंकर

सदस्य (मधेशी /मुश्लीम) उपत्यका वाहिर- पंचनारायण मण्डल

सदस्य (मधेशी/मुश्लीम) खुल्ला  वीरेन्द्र कुमार ठाकुर

सदस्य (आदिवासी/ जनजाती) उपत्यका बाहिर  विना कुमारी सिंह (चौंधरी)

सदस्य- (आदिवासी/जनजाती) खुला बद्री नारायण नगरकोटी

सदस्य – महिला उपत्यका बाहिर कल्पना कुमारी भण्डारी

सदस्य महिला खुला – अन्जु कायस्थ

सदस्य – खुला उपत्यका बाहिर डा. शिवराज पण्डित

(सदस्य -६)

गंगा सागर खत्री

भिमसेन वन्जारा

भुवन प्रसाद निरौला

प्रकाश महर्जन

बाल कृष्ण गैरे

खिमानन्द अधिकारी