काँग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध उजुरी

1267 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । पार्टी  भित्र पार्टी पद्धति र अनुशासन उल्लंघनका घटना बढ्दै गएपछि  त्यस्को न्यूनिकरण गर्न अनुशासन समितिको गठन गरेर कार्यकर्ताबाट उजुरी माग गरेको नेपाली काँग्रेसले पार्टी सभापति शेरवहादुर देउवा बिरुद्धको उजुरी भने दर्ता गर्न अस्विकार गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नेपाली कांग्रेस खोटाङका नेता देवेन्द्र बस्नेतले दिएको  अनुशासन समितिमा दिएको उजुरी दर्ता नभएपछि पार्टी कार्यालयको भित्तामा टाँसिएको छ । बस्नेतले सभापति देउवालाई कारवाही माग गर्दै दर्ता गर्न लगेको उजुरी पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेल लगायतले दर्ता नगर्ने भन्दै फिर्ता पठाएका थिए ।
अनुशासन समितिमा सभापति विरुद्ध गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईंले उजुरी दिएको चर्चा चुलिएपछि सभापति देउवा विरुद्धको उजुरी लिन अस्वीकार गरिएको हो । आफूले दिएको उजुरी दर्ता नभएपछि बाध्य भएर भित्तामा टाँसेको खोटाङ कांग्रेसका नेता देवेन्द्र बस्नेतले बताए । उनले उजुरी समेत दिन नपाउने अवस्थाले सभापति देउवाको नेतृत्व निरंकुश रहेको आरोप समेत लगाएका छन ।

बस्नेतले दिएको उजुरीमा देउवालाई लगाइएका ५ आरोप –
१. हसियाँ हथौडामा भोट हाल्न लगाएको ।
२.टिकट वितरणमा संसदीय समिति विधान विपरीत बनाएको ।
३.पार्टी महाधिवेशनको २ महिनाभित्र गर्नुपर्ने काम गर्न नसकेको ।
४.प्रधान्यायाधीश सुशिला कार्कीलाई पार्टी निर्णय विपरीत महाअभियोग लगाएको ।
५. महासमिति बैठकको सर्वसम्मत निर्णय केन्द्रीय समितिबाट उल्टाएको ।