नेपालमा ‘पब्जी ‘ खेलमा लाग्यो प्रतिबन्ध

1385 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सरकारले नेपालमा  पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताउनुभयो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गर्नुभयो । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको प्राधिकरणका प्रवक्ता  अर्यालले जानकारी दिनुभयो ।पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्राधिकरणले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि पत्र पठाइएको हो। पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

यसरी सुरु भएको थियो पब्जी गेम

पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ । आइओएस र एन्ड्रोइड प्लेटफर्ममा मात्र पब्जी २४ करोड पटक डाउनलोड भएको छ । सन् २०१८ मा पब्जी गेमबाट कम्पनीले कूल १ अर्ब ३ करोड डलर आम्दानी गरेको तथ्यांक छ । पब्जी गेमका मोबाइल प्रयोगकर्तामध्ये साढे २२ करोड चिनियाँ रहेका छन् । त्यस्तै अमेरिकी प्रयोगकर्ता ११ प्रतिशत र भारतीय प्रयोगकर्ता ८ प्रतिशत रहेका छन् । विश्वमा सर्वप्रथम सन् १९५८ अक्टोबरमा भिडियो गेमको सुरुवात भएको थियो, जसको नाम थियो PONG ।

अहिलेका धेरै मानिसमाझ एउटा लोकप्रिय शब्द सुनिन्छ, जुन शब्द हो– PUBG । PUBG भनेको एउटा भिडियो गेम हो । यसको पूरा रुप Player UnknownÚs Battle Grounds हाे, जुन इन्टरनेटको माध्यमबाट मात्र खेल्न सकिन्छ । यो गेम खेल्न मोबाइलमा करिब २ जिबी र्यामको आवश्यकता पर्दछ । यो गेम विश्वमा करिब हरेक दिन २ करोड व्यक्तिले खेल्ने गर्छन् । यो नेपालसहित विश्वका अधिकांश देशमा खेलिन्छ । यो गेम सन् २००० मा निर्मित जापानी चलचित्र ब्याटल रोयलमा आधारित छ । पब्जी गेम दक्षिण कोरियाको Blue Hole कम्पनीको सहायक कम्पनी पब्जी कर्पाेरेशनले बनाएको हो । यो गेम Brenden Greene ले बनाएका थिए, जो पब्जी गेमका लिड डिजाइनर र डाइरेक्टर हुन् । उनलाई नै अनलाइन स्टेजमा Player Unknown को नामले पनि चिनिन्छ । Brenden सुरुमा गेम डिजाइनर होइनन् । आयरल्यान्डमा जन्मिएका उनी फोटोग्राफर, ग्राफिक डिजाइनर र वेब डिजाइनर थिए । उनी आफ्नोे कामको लागि ब्राजिलमा बस्थे । उनलाई गेम खेल्न निकै मन पथ्र्याे । उनी धेरै प्रकारका भिडियो गेम खेल्थे । एक दिन उनी DAYZ भिडियो गेम खेलिरहेका थिए । उनी यो गेम र Battle Royal फिल्मबाट निकै प्रभावित भए र अब म पनि गेम बनाउँछु र उद्योगमा प्रवेश गर्छु भन्ने निर्णय गरे । गेम उद्योगमा छिर्नको लागि उनले प्रोग्रामिङ सिके । यो सिकिसकेपछि उनले विभिन्न गेममा भएका कमजोरीहरु खोजेर परिवर्तन गरे । उनी एउटा यस्तो गेम बनाउन चाहन्थे, जसलाई जति पटक खेले पनि खेलिरहौं लागोस् । उनको यो सोचबाट प्रभावित भई सोनी अनलाइन इन्टरटेन्मेन्टले उनलाई आफ्नोे कम्पनीमा H1Z1 गेमको कन्सल्टेन्टमा सामेल गरायो । यो काम पूरा हुनासाथ उनले सोनी अनलाइन इन्टरटेन्मेन्ट कम्पनीको जब छोडे । ब्रान्डेनको जस्तै सोच रहेका दक्षिण कोरियाका एक व्यक्ति थिए, जसको नाम Chang Han Kim थियो । उनको एउटा गेम डेभलपमेन्ट गर्ने कम्पनी थियो, जसको नाम थियो Ginno Games । यसको नाम २०१५ जनवरीमा परिवर्तन गरी Blue Hole राखियो । Chang Han Kim पनि त्यस समयमा एक Battle Royal गेम बनाउने सोचिरहेका थिए । जब उनी गेम बनाउने भनेर खोजी गर्न थाले, त्यसपछि उनलाई Brenden को क्षमताको बारेमा थाहा भयो । उनले ब्रान्डेनलाई दक्षिण कोरिया बोलाएर आफूले बनाउने सोचेको गेमको कन्सेप्ट बताए । त्यसपछि उनीहरुले PUBG गेम मिलेर बनाउने फैसला लिए । उनीहरुले यो गेम १ वर्षमा बनाउने सोच राखे । सुरुमा यो गेम बनाउन उनीहरुले ३५ डेभलपर गेम डेभलपमेन्ट गर्नको लागि राखे । पछि आवश्यकता अनुसार डेभलपरको संख्या बढेर ७० भयो । मार्च २०१७ मा उनीहरुले PUBG गेमको बेटा भर्जन सार्वजनिक गरे । यो गेम सबैले मन पराउन थाले । यसमा भएका केही कमजोरीहरु सुधार गरी २० डिसेम्बर २०१७ मा यो गेम सबैका लागि सार्वजनिक गरियो । यसैगरी फेब्रुअरी २०१८ मा एन्ड्रोइड र आइओएसको लागि पनि याे गेम सार्वजनिक गरियो । यसलाई सुरुवाती चरणमै सबैले मन पराउन थाले । सार्वजनिक भएको केही महिनामै यो विश्वको नम्बर वान गेम बन्यो । यो गेमलाई One of The Best Selling of All Time Game मा सामेल गरियो । यो गेमलाई अहिलेसम्म Best Multiplayer Game, pc game of the year, action game of the year , espoerts game of the year, Trending Game of the year तथा अन्य धेरै अर्वाडहरु प्राप्त भइसकेको छ । पब्जी सार्वजनिक भएको ३ दिन भित्रमा यसले ११ मिलियन अमेरिकी डलर कमाइ गरिसकेको थियो । सार्वजनिक भएको ४ हप्ताभित्रै करिब १ करोड राउन्डभन्दा पनि बढी खेलिसकिएको थियो । ब्रान्डेनले पब्जी बनाउनुअघि Arma III / King of the kill जस्ता ब्याटल सोयल गेमको डिजाइनर र कन्सल्ट गरिसकेका थिए । पब्जीकाे Erangel MaP पनि Brenden ले नै डिजाइन गरेका थिए । दोस्रो विश्वयुद्धमा यो आइल्यान्ड सोभियत सेनाले कब्जा गरेका थिए । जब आइल्यान्डका जनता र सोभियत सेनाबीच युद्ध भयो, त्यसपछि यो आइल्यान्ड पूर्ण रुपमा तहसनहस भयो । त्यसैले गर्दा पब्जी खेल्दा जलेका गाडी, टुटेफुटेका घर, मिलिटर बेस र फ्याक्ट्री आदि देखिन्छन् । पब्जीका प्लेयर मोबाइल र कम्प्युटरमा गरी ४ मिलियर भन्दा बढी छन् ।

  • एजेन्सीको सहयोगमा