अम्लेश्वर गुरुकुल बेदबिद्याश्रम दोश्रो बर्षमा प्रवेश

1362 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महेशदोभान-  हिन्दू धर्म संस्कार,शास्त्रीय कर्मकाण्डबारे अध्यापन गराउन गल्छी गाउँपालिकाको वडा नम्बर ६ महेशदोभानमा स्थापना भएको अम्लेश्वर गुरुकुल बेदबिद्याश्रम दोश्रो बर्षमा प्रवेश गरेको छ ।
आवासीय बिद्यालय संचालन गरिरहेको बेदबिद्याश्रम दोश्रो बर्षमा प्रवेश गरेको अवसर पारेर गल्छी गाउँपालिका वडा नम्बर ६ ले एक थान वासिङ मेशिन सहयोग गरेको छ । गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाले शनिवार बिद्याश्रम व्यवस्थापन समितिका अध्यक्ष फानारायण रिमाललाई सो वासिङ मेशिन हस्तान्तरण गर्नु भएको हो ।
यसै गरी स्थानीय व्यवसायी दिलिप श्रेष्ठले पनि बिद्याश्रममा अध्ययन गर्ने १५ जना बिद्यार्थीलाई पोशाक सहयोग गर्नु भएको छ । व्यवस्थापन समितिका अध्यक्ष रिमालको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिमिल्सिना, वडा नम्बर ६ का अध्यक्ष राजन श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष पूर्णप्रसाद खतिवडा, वडा नम्बर ७ का अध्यक्ष हरिप्रसाद खतिवडाका साथै छिमेकी बिद्यालयका प्रधानाध्यापकहरु, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।