भूमेचुली क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने

2114 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थांक्रे – नयाँ वर्ष नयाँ उत्साह र उमंगका साथ थाक्रे गाउँपालिकाको सबैभन्दा अग्लो स्थानका रुपमा रहेको भूमिचुलीमा नेपाल राष्ट्रिय झण्डा गाडिएको छ ।महाभारत पर्वत श्रृङ्खलाको सबैभन्दा उचाइमा रहेको भूमेचुली क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने गर्ने योजनाका साथ नयाँ बर्षका दिन त्यहाँ कार्यक्रम गरिएको हो ।
महाभारत पर्वत श्रृङखलामा पर्ने समुद्री सतहदेखि २१०० मिटर उचाईमा रहेको भुमेचुलीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नागरिक अभियान शुरु गरिएको छ । थाक्रे गाउँपालिका वडा नम्बर ३ मा पर्ने भुमेचुली क्षेत्रलाई पर्यटकीय स्थल बनाउन पर्यटन प्रवद्र्धन नागरिक अभियान अन्र्तगत आईतबार भुमेचुलीमा भव्य समारोहका बिच राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको भुमेचुली धादिङको थांक्रे, गल्छी, गजुरी गाउँपालिकाको सिमानामा रहेको छ भने छिमेकी जिल्ला मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिका पनि यस क्षेत्रको नजिकैको सिमाना हो । परापुर्व कालमा पनि यो ठाउँमा झण्डा गाडेकाले स्थानीयले झण्डा चुली भनेर नामाकरण गरेको भुमेचुली निकै मनोरम स्थलका रुपमा चिनिन्छ ।
थाक्रे गाउँपालिकाको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रममा पृथ्वीराजमार्गको महादेबबेसीबाट नयाँ बर्षमा नयाँ संकल्प भन्ने नाराका साथ राष्ट्रिय झण्डा बोकेर बिशिष्ट व्यक्तिहरुका साथ  करिव २०० जना  स्थानीयहरु भूमेचुली पुगेका थिए । मेयरमान लामाको अध्यक्षतामा भएको पर्यटन प्रवद्र्धन कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कंडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ कासांसद भुमि त्रिपाठी, ३ नम्बर प्रदेश नीति तथा योजना आयोगका सदस्य माननीय श्यामकुमार बस्नेत, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, समन्वय समितिका सदस्य उर्मिला रेग्मीको आतिथ्य रहेको थियो ।
यसै गरी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नम्बर प्रदेश कमिटि सदस्य नेत्रराज पौडेल, गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिना,थांक्रे ६ का वडा अध्यक्ष पूर्णवहादुर कार्की, गल्छी ५ का वडा अध्यक्ष प्रेमवहादुर तामाङ गल्छी ६ का वडा अध्यक्ष राजन श्रेष्ठ, गल्छी ७ का वडा अध्यक्ष हरिप्रसाद खतिवडा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रथम उपाध्यक्ष जीवन थापा मगर, नेकपा धादिङका सदस्य नरेश खतिवडा, कृष्णप्रसाद पन्त, नेत्र नेपाल, गणेशलाल श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।थांक्रे गाउँपालिकाको सबैभन्दा उचाईमा रहेको भुमेचुली मनोरम घनाजंगल र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हो ।

भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानको संयोजन र थाक्रे गाउँपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा यो क्षेत्र पर्यटनको प्रच्युर संभावना बोकेको हुनाले छिट्टै नै यसको नतिजा देखिन शरु हुने, स्थानीयको सक्रियता निरन्तर रहनुपर्ने, भत्किएको गुम्बाको मर्मत छिट्टै हुने, बुद्ध मूर्ति तथा माने निर्माणका निम्ति अध्ययन गरिने र यस क्षेत्रमा चक्रपथ निर्माण कार्य अगाडी बढाइने कुरा स्थानीयको माग बमोजिम पुरा गरिने कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले बताउनु भएको थियो । यहाँपुग्दा रंगी चंगी गुरासँमात्रै होइन तामाङ समुदायको लोक संस्कृतिको पनि अध्ययन गर्न सकिन्छ । झण्डोत्तोलन कार्यक्रम पश्चात भुमेचुलीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न र यस क्षेत्रको धार्मिक, सांस्कृतिक,ऐतिहासिक पक्षको जर्गेना गर्र्दै पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु संचालनका लागि नागरिक अभियान संग सहकार्य गर्नुपर्नेमा जोड दिईएको थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, धादिङ क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठी, प्रदेश निती तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेत,जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल,गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिना, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रथम उपाध्यक्ष जीवन थापा मगर लगायतले पर्यटन प्रवद्र्धन र यसबाट समुदायमा आउने परिवर्तन तथा उपलव्धिका वारेमा आआफ्नो धारणा राख्नु भएको थियो ।