गल्छीमा राजस्व संकलन गर्न ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

1179 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सदरमुकाम धादिङबेसी पछि सबैभन्दा धेरै बैक तथा वित्तिय संस्था रहेको गल्छी गाउँपालिकाको गल्छीवजारमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर पनि थप भएको छ ।

धादिङको गल्छी गाँउपालिका वडा नं ७, गल्छीमा हालै मात्र संचालनमा आएको करदाता सेवा कार्यालको भवनमा बैकको एक्सटेन्सन काउण्टर खुलेका हो । अर्थमन्त्री युवराज खतिवडाबाट उद्घाटन भएको उक्त एक्सटेन्सन काउण्टरले राजश्व संकलनका साथै अन्य बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
बैंकका देसभरि १३६ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर तथा १२६ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय छन ।
गल्छीमा यस अघि मुक्तिनाथ , कामना सेवा , साँग्रिला , ज्योती विकास बैकका साथै बैक अफ काठमाण्डु, एनएमवि , एनआईसि एसिया लगायतका बैकहरु संचालनमा रहेका छन ।