पत्रकार महासंघद्वारा आन्दोलन घोषणा

859 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विद्‍युतीय कारोबार ऐन लगाएर पत्रकार पक्राउ गर्नेक्रम बढ्दै गएपछि नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ ।
समाचार लेखेको विषयमा विद्युतीय कारोबार ऐन लगाएर पत्रकार पक्राउ गर्नेक्रम बढ्दै गएपछि महासंघले सो ऐनको दफा ४७ र ४८ नै खारेजीको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।
महासंघका महासचिव रमेश विष्टद्वारा जारी गरेको वक्तव्य अनुसार ऐनको दफा ४७ र ४८ नै खारेजीको माग गर्दै पत्रकार पक्राउको विरोध गर्ने र ५ वैशाखमा जिल्ला शाखामार्फत देशभरका जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना बस्ने कार्यक्रम छ । यर्सैक्रममा महासंघ जिल्ला शाखा धादिङले पनि विहिवार विहान ९.३० वजे देखि १०.३० वजे सम्म जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिने कार्यक्रम रहेको महासंघ जिल्ला शाखाका अध्यक्ष नवराज छत्कुलीले वताउनु भएको छ ।
विहिवारनै केन्द्रीय समितिले गृह मन्त्रालय र संचार मन्त्रालयमाफत विरोध पत्र बुझाउने कार्यक्रम पनि रहेको महासंघद्धारा जारी वक्तव्यमा जनाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले समाचारको विषयलाई लिएर पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेर गैरकानूनी ढंगबाट थुनामा राखेको छ ।