शरिरको तापक्रम अनुसार कपडा आफैं बदलिने

1064 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको टोलीले शरीरको तापक्रमलाई नियन्त्रण गर्न मद्दत गर्ने खालको अनौठो कपडा बनाएको छ । यो कपडा हेर्दा त ऊनको सामान्य लुगा जस्तै देखिन्छ तर यसमा न्यानोट्युब लगाइएको छ । कपडा बनाउने टोलीले यो कपडा लगाएपछि जाडो र गर्मीमा फरक फरक कपडाको जोहो गरिरहनु नपर्ने बताएको छ । कपडा शरीरको तापक्रम अनुसार आफैं एडजस्ट हुन्छ ।

कपडा लगाउँदा शरीरको तापक्रम तातो रहेछ भने न्यानोट्युब खुम्चिन्छन् तर शरीरको तापक्रम चिसो भएमा न्यानोट्युबहरू फैलिन्छन् । कपडाको मूल्य ५ डलर राखिने सम्भावना छ । हुन त यस्ता किसिमका कपडा पहिले नै पनि बनिसकेका छन् । तर खेलाडीहरूले लगाउने स्पोट्र्सवेयर मात्र अहिलेसम्म तापक्रमअनुसार एड्जस्ट गर्न मिल्थ्यो । कपडा बनाउने टोलीको दाबीअनुसार, यो कपडाबाट शरीरुको तापक्रमलाई ३५ प्रतिशतसम्म व्यवस्थापन गर्न सकिन्छ ।

बजारमा उपलब्ध अन्य कपडा जम्मा ५ प्रतिशतसम्म तापक्रम व्यवस्थापन गर्न सक्छन् । कपडा ऊनबाट बनाइएको हो तर यसमाथि न्यानोट्युबिङको कोटिङ गरिएको छ । टोलीका अनुसार, न्यानोट्युब मानिसको कपालभन्दा हजार गुणा पातलो छ । न्यानोट्युब विशेष किसिमको कार्बन आधारित धातुबाट बनेको हो ।शरीरको तापक्रम बढेर पसिना निीकँदा न्यानोट्युब खुम्चिन्छ र इलेक्ट्रिक चार्ज उत्पन्न हुन्छ अनि शरीरको गर्मी बाहिर निस्कन्छ । अनि शरीरको तापक्रम घट्दा न्यानोट्युबहरू फैलिन्छन् र बाहिरको हावा भित्र आउन रोक्छन् । यो कपडा पूर्ण फिजिक्समा आधारित रहेको टोलीको दाबी छ ।

  • एजेन्सी को सहयोगमा