साहित्यकार हरि अधिकारी अमेरिकामा सम्मानित हुंदै

2518 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कोलोराडो (अमेरीका) अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरले संस्थाको गतिबिधी संमेटिएको पहिलो स्मारिका प्रकाशन गर्ने भएको छ । स्मारिका बिमोचनको अवसर पारेर नेपालका पुराना पत्रकार तथा साहित्यकार हरि अधिकारीलाई सम्मान पनि गरिने भएको छ ।
श्रष्टा सम्मान तथा नियमित कवी गोष्ठी कार्यक्रम अन्तर्रगत मे ४ तारिकका दिन कोलोराडोको नर्थग्लेन स्थित क्रसरोड चर्जमा साहित्यकार अधिकारीलाई सम्मान गर्न लागिएको हो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको बिगत दुई बर्षको कार्यकालमा डेड दर्जन भन्दा बढि कवी गोष्ठी र दुई दर्जन भन्दा बढी श्रष्टाहरु सम्मान तथा अभिननन्दनहरु भएका छन् । यि सबै कार्यक्रमका झलकहरु समेटिएर तयार पारिएको संस्थाको पहिलो स्मारिका साहित्यकार अधिकारीको प्रमुख आतिथ्यतामा बिमोचनगर्न लागिएको आयोजक संस्थाका महासचिव श्याम श्रेष्ठले बताए ।
स्मारिका बिमोचन तथा श्रष्टा सम्मान समारोहमा अधिकारीको प्रवचन, कविता, वाचन, स्मारीका बितरण कार्यक्रम रहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढु¨ेलले बताएका छन् । यस विशेष अवसरमा कोलोराडोमा रहेका नेपाली तथा नेपाली भाषीहरुलाई आफ्ना लेख, रचना, लिएर सुन्न र सुनाउन उपस्थितीको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बालबालीका तथा सर्वसाधरणलाई ढु¨ेलले अनुरोध गरेका छन् ।
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी हुंदै आएको छ ।