पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले दिए सामूहिक राजीनामा

1553 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएको घोाषणा गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गाउँ गाउँमा खटिएका अस्थायी इन्जिनियरहरुले काम रोकिंदिंदा भुकम्प पिडितहरु मर्कामा परेका छन ।
भूकम्प प्रभावित क्षेत्रमा खटाइएको अस्थायी प्राविधिकहरुले सरकारले सम्झौताअनुसार सेवा सुविधा नदिएको भन्दै बिहीबार सामुहिक राजीनामा दिएको घोषणा गरेका हुन । प्राधिकरणका इन्जिनियरहरुले विगत नौ महिनायता कटौति गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आन्दोलन गर्दै आएका थिए । गत चैत १० गतेदेखि आन्दोलनरत उनीहरुले सरकारले आफ्ना माग सुनुवाइ नगरेपछि राजीनामाको घोषणा गर्न बाध्य भएको बताएका छन् । बीमाको सुविधा उपलब्ध गराउनुपर्ने, असोजदेखि उपलब्ध नभएको फिल्ड भत्ता प्रदान गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन आन्दोलन गर्दै आईरहेका थिए ।
सरकारले पुननिर्माणका लागि भूकम्प प्रभावित ३२ जिल्लामा अस्थायी प्राविधिक खटाएको छ । नियुक्तिका क्रममा सरकारले आफूहरूलाई दिने भनेको सेवा सुविधा नदिएको प्राविधिकहरुको आरोप छ । गाउँ गाउँमा खटिएका प्राविधिकले काम रोकिंदिंदा भुकम्प प्रभावितहरुको काम ठप्प हुन पुगेको गल्छी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष षडानन्द खनालले वताउनु भयो ।

भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्ता लगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हन । पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले विहिवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन ।  सरकारले माग सम्बोधन गरे पुनर्निर्माणको काममा फर्कन सकिने प्राविधिकहरुको भनाई छ ।