गाउँबस्तीमै अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र वितरण

1334 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कल्लेरी । गाउँगाउँमा सिहदरवारको नारालाई सार्थकता दिन धादिङको गल्छि गाउँपालिकाले गाउँबस्तीमै पुगेर घुम्ति शिविर मार्फत अपाङ्गता तथा जेष्ठ नागरिकहरुलाई परिचयपत्र बितरण गरेको छ । चालु आर्थिक बर्षको निति तथा कार्यक्रम अन्र्तगत यो बर्षको पहिलो शिबिर विहिवार गल्छि गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय डुम्रीचौरबाट शुरु गरिएको छ । शिविरमा वडा नम्बर १ का २० जनालाई अपाङ्गता परिचय पत्र र ५१ जनालाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरिएको वडा अध्यक्ष पूर्णप्रसाद खतिवडाले जानकारी दिनु भयो । शिविरमा १ सय ८१ जना कृषकलाई ३ सय १५ केजि मकैको बिउ, २ सय १ जना किसानलाई तरकारीको बिउबिजन समेत बितरण गरिएको थियो ।त्यसै गरी घुम्ती शिबिरमा ७ सय ७५ गाई, भैसि, ११ सय ६५ बाख्रा , ११ सय ५० कुखुरालाई औषधि पनि बितरण गरिएको र ७ वटा बोकालाई खसी वनाईएको गल्छि गाउँपालिकाले जनाएको छ ।
घुम्ती शिबिर १७ गते सम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडिले जानकारी दिनु भयो । गाउँ गाउँमा सिंहदरवारको नारालाई सार्थकता दिन नागरिकहरुले घरदैलामै सेवासुबिधा पाउन सकुन भनि शिविर सञ्चालन गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै जाने गाउँपालिकाको उपाध्यक्ष राधा तिमल्सिनाले धादिङ न्यूजलाई जानकारी दिनुभयो ।घुम्तिशिविरमा गाउँपालिकाको उपाध्यक्ष तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडि, वडा नम्बर १ अध्यक्ष पूर्णप्रसाद खतिवडा, कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु, बिषयगत शााखाका प्रमुख तथा कर्मचारीहरु, सँघसँस्थाका प्रतिनिधी तथा स्थानियहरुको सहभागीता रहेको थियो ।