सेनाद्धारा निर्माण गरिएको शौचालय समूदायलाई हस्तान्तरण

1039 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी (धादिङ) – गजुरी गाउँपालिका वडा नम्बर १ त्रिशुली नदी किनारमा रहेको रुद्रेश्वर मन्दिरमा नेपाली सेनाको देबिदत्त गणद्वारा निर्मित शौचालय भवनको सोमबार समुदायलाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाका सहायक रथी लवकुमार रायमाझीले धार्मिक स्थलमा रहेको महिला पुरुषका लागि छुट्टा छुट्टै शौचालयको स्वामित्व सोमबार एक कार्यक्रमका बिच समूदायलाई हस्तान्तरण गर्नु भएको हो । मौलिक तथा प्राचिन धार्मिक स्थलको रुपमा रहेको मन्दिरको संरक्षण र यसलाई सरसफाइ गरि वृहत प्रवद्र्धन गर्नका लागि सेनाले सघाउन यसरी जनतासंग मिलेर सामाजिक र सामुदायिक काम गर्न सेना सधैँ तयार रहेको र विकासका लागि अरु सहयोग गर्ने सहायक रथी रायमाझीले बताउनुभयो ।
क्वीक इम्प्याक्ट प्रोजेक्ट अन्तरगत प्राचिन मौलिकता बोकेको रुद्रेश्वर मन्दिरको मौलिकता जोगाउन र संरक्षणका लागि सेनाले सहयोग गरेको देबिदत्त गण गजुरीका प्रमुख एवं प्रमुख सेनानी सुदिप बानियाँले बताउनुभयो ।  गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रबिक्रम बस्नेतले गाउँपालिका र नेपाली सेना बजार सरसफाइ लगायतका कार्यमा साझेदारी रहेको र आगामी दिनमा निरन्तर साझेदारी गर्न आगैह गर्नुभयो ।