बेल्खुमा दुर्घटना दुई जनाको मृत्यु (थप बिबरण आउन बाँकी )

910 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१८ बैशाख – दुईवटा सवारी साधन एकआपसमा ठोक्किएर छटपटाईरहेका यात्रुलाई अर्को सवारी साधनले किच्दा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी राजमार्गको बेल्खुमा दुई जनाको ज्यान गएको छ ।
मुग्लिन तर्फबाट काठमाण्डौँ जांदैै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाईकल, काठमाण्डौँबाट नवलपरासी तर्फ जाँदै गरेको बा ४ ख ९१०३ को माईक्रोबसमा ठोक्किएर दुर्घटना भएको थियो । माईक्रोबस र मोटरसाईकल एक आपसमा ठोक्किएर मोटरसाईकलमा सवार दुई जना छटपटाईरहेको बेला चितवनबाट काठमाण्डौँ तर्फ जांदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले मोटरसाईकलमा सवार २ जनालाई किच्दा उनिहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनाको थप बिबरण आउन र मृतकहरुको सनाखत हुन बाँकि रहेको प्रहरीले जनाएको छ ।