बाहुनपलाङमा किसानलाई मकै र तरकारीको विउ बितरण

1542 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी (बाहुनपलाङ)। धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ का कृषकलाई मकैको बिउ तथा तरकारीको विउ विजन वितरण गरिएको छ । गल्छी गाउँपालिकाको ८ वटै वडाका किसानहरुलाई मकैको बिउ तथा तरकारीको विउ विजन बितरण गर्ने कार्यक्रम अन्तरगत बुधवार वडा नम्बर ६ को बाहुनपलाङमा मकैको बिउ र तरकारीको विउ विजन बितरण गरिएको हो । परम्परागत खेती प्रणालीलाई सुधार गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले चालु आर्थिक बर्षको निति तथा कार्यक्रममा कृषि विकास शाखा मार्फत सबै वडामा उन्नत जातको विउ विजन वितरण गर्ने कार्यक्रम राखेको छ । वडा नम्बर ६ का २ सय ७७ जना किसानलाई मकैको बिउ र तरकारीको विउ विजन वितरण गरेको हो । कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष राजन श्रेष्ठ वडा सदस्यहरु तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो । वडाले बैशाख १६ गते राहु्डाँडामा कार्यक्रम गरेर १ सय ३० जना किसानलाई मकैको विउ र तरकारीको विउ विजन बितरण गरेको थियो ।