खानीखोलामा बस पल्टिंदा १३ जना घाईते

1278 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १९ बैशाख- धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ८ खानीखोला स्थित त्रिभुवन राजपथमा रात्रीबस पल्टिंदा १३ जना घाईते भएका छन । सर्लाही जिल्लाको सदरमुकाम मलंगवाबाट काठमाण्डौंका लागि छुटेको ना७ख ३२४० नम्बरको बस विहीवार बिहान ४ बजे तिर खानीखोला नजिकै सडक छेउमा अनियन्त्रित भई पल्टिएको थियो । बस पल्टिंदा घाइते हुनेमा ११ जना पुरुष र २ जना महिला रहेका छन् ।
दुर्घटनामा परेर घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।गम्भिर घाइते भएकालाई उपचारका लागि काठमाडौ लगिएको छ भने सामान्य घाइतेहरुको स्थानीय शिवदर्शन अस्पतालमा उपचार भइरहेको खानिखोला इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको पनि प्रहरीले जानकारी दिएको छ ।