भिर मौरीको मह खाँदा बोराङमा नौ जना विरामी

2069 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२२ बैशाख – भिर मौरीको मह चाख्दा धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ बोराङ गाउँमा ९ जना विरामी भएका छन । तीन जनाको अवस्था गम्भिर रहेकाले हेलिकप्टर मार्फत उद्धार गरि उनिहरुलाई काठमाण्डौं लगिएको छ ।
स्थानीय सुकुमान तामाङले गाउँ नजिकैको भिरबाट काढेर ल्याएको भिर मौरीको मह चाख्दा बोराङका कान्छा लामा तामाङ,तेजवहादुर तामाङ,ग्यालवान तामाङ,सुष्मा तामाङ, हिमाल बिक, लालबहादुर बिक, मेलामा तामाङ लगायत विरामी भएका हुन । विरामी परेका मध्ये कान्छा लामा तामाङ,तेजवहादुर तामाङ,ग्यालवान तामाङको अवस्था गम्भिर हुंदै गएपछि आफन्तहरुले काठमाण्डौंबाट निजी खर्चमा हेलिकप्टर ल्याई उनिहरुलाई काठमाण्डौं स्थित ब्लुक्रस अस्पताल लगि भर्ना गरिएको छ । बाँकी विरामीहरुको बोराङ स्थित सामुदायिक स्वास्थ्य क्लिनिकमा उपचार भईरहेको वडा अध्यक्ष प्रशान्त तामाङले जानकारी दिए ।  आईतबार विहान १० वजे तिर मह खाएपछि उनिहरुलाई वाकवाकी लाग्ने,वान्ता गर्ने, पखाला लाग्ने जस्ता समस्या देखिएपछि अलि गम्भिर अवस्थाका विरामीलाई परिवारको निजी खर्चमा हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको र सामान्य अवस्थाका विरामीलाई अहिले गाउँमै राखेर उपचार भईरहेको वडा अध्यक्ष तामाङले वताए । बोराङ गाउँ पुर्व गृहमन्त्री बुद्धिमान तामाङको जन्मगाउँ हो । जिल्लाको विकटमा रहेको साविकको सेर्तुङ गाविसमा पर्ने यो ठाउँमा अहिले सम्म मोटर वाटो समेत पुगेको छैन ।

  • (तस्बिर- धादिङ न्यूज डट कमका लागि रुवीभ्याली वडा नम्बर ४ वडा अध्यक्ष प्रशान्त तामाङबाट प्राप्त )