प्रतिभाको खोजी गर्न धादिङमा“नेपाल हिरो अफ ट्यालेन्ट” अडिसन हुने

1913 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- धादिङ जिल्लामा लुकेर रहेको बहु प्रतिभाको खोजी गर्न प्रतिभाको मञ्च “नेपाल हिरो अफ ट्यालेन्ट”को अडिसन २०७६ साल बैशाख ३१ र जेठ १ गते धादिङबेसीमा हुने भएको छ ।  धादिङबेसीको आरके हलमा बैशाख ३१ र जेठ १ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म  अडिसन हुने आयोजकले जनाएको छ । अडिसनमा  धादिङ र नजिकको आसपासका जिल्लाबाट समेत प्रतियोगीहरुले सहभागिता जनाउन पाउने पनि आयोजकले जानकारी दिएको छ ।

एन्जल मिडियाको प्रस्तुतीमा हुन लागेको  “नेपाल हिरो अफ ट्यालेन्ट” प्रतियोगीता मौलिक रियालिटी शो रहेको र जहाँ जुनसुकै उमेर समुहका बालक, महिला, युवा युवती वृद्धहरुले आफुमा भएको ट्यालेन्ट जस्तै नृत्य, गायन, अभिनय, जस्ता कलाहरु प्रस्तुत गर्न सक्ने कार्यक्रमको प्रबन्धक निर्देशक तथा अडिसन टोलिका प्रमुख प्रेम कुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार एक मात्र प्रतिभा होइन थुप्रै प्रतिभाहरु नृत्य, अभिनय गायन जस्ता प्रतिभाहरु वरिष्ट गायक  आनन्द कार्की, वरिष्ट सगींतकार श्री ओम प्रकाश राई र एलिना बास्कोटाद्धारा प्रतिभाहरुबाट उत्कृष्ट प्रतिभा छनौट गरिनेछ । ७७ ओटा जिल्लाका प्रतिनिधि सहभागी हुने गरी देशको १४ ओटा प्रमुख शहरहरुमा  रियालिटी शोको अडिसन हुने र पुर्वाञ्चलका ७ स्थानहरुको अडिसन  सम्पन्न भईसकेको पनि श्रेष्ठले वताउनु भयो । । खुल्ला अडिसन बाट देशभरी बाट १०,००० जनाको संख्यामा प्रतियोगीहरु छनौट गरि छनौट भएका प्रतियोगीहरुलाई जर्ज राउण्डको निम्ति काठमाण्डौमा बोलाएर फाईनल अडिशन हुने आयोजकले जनाएको छ ।

प्रतियोगीहरुलाई काठमाण्डौ बोलाई जर्ज राउण्डमा प्रतिस्पर्धा गराई भोटिङ्ग राउण्डको लागी छनौट गरिने भएको छ । फाइनल राउण्डबाट कुनै एक प्रतिभाशाली प्रतियोगीहरुलाई विजेता घोषणा गरी रु ७० लाख नगद र नेपालको पहिलो हिरो ट्यालेन्ट घोषणा गरिनेछ , साथै दोस्रो हुने विजेतालाई रु २० र तेस्रो हुनेलाई रु १० लाख र टपटेनमा पुगेका प्रतियोगीहरुलाई विभिन्न साँस्कृतिक कार्यक्रमद्धारा देश र विदेशमा भम्रण र एक वर्ष सम्म अनलिमिटेड भिडियो र अडियो रेकर्डिङ्ग गराईने आयोजकले जानकारी दिएको छ ।

 बैशाख ३१ र जेष्ठ १ गते धादिङबेसीको आर के हलमा  हुनेछ अडिसन का लागि  आवेदन फारम अडिसन स्थलमा नै गई भरेर अडिसन देखाउन पनि सकिनेछ । कलाक्षेत्रमा एक स्थापित कलाकार बन्ने सपना यस प्रतिभाको मञ्च नेपाल हिरो अफ ट्यालेन्टले पुरा गर्ने कार्यक्रमको प्रबन्धक निर्देशक तथा अडिसन टोलिका प्रमुख श्रेष्ठले जानकारी बताउनु भयो । “नेपाल हिरो अफ ट्यालेन्ट” रियालिटि शो  हिमालय एच  डि च्यानल मार्फत दर्शक माझ आउने तयारी भईरहेको वताईएको छ । अडिशन सम्वन्धि थप जानकारीका लागि फोन नं  9869393930 , 9803540289 मा  सम्पर्क गर्न सकिने छ ।