गल्छी गाउँपालिकामा सेवा प्रवाह सुधार गर्ने प्रतिवद्दता

981 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी  २७ बैशाख –   गाउँपालिकामा प्रदान गरिएको सेवा प्रवाहमा सुधार गर्ने र आगामी दिनमा मानवअधिकार मैत्री गाउँपालिका बनाउन गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सीनाले प्रतिवद्दता व्यक्त गर्नु भएको छ ।

धादिङको गल्छी गाउँपालिका–८ गल्छीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ३ न. प्रदेश कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवाग्राही र सेवा प्रदायक बिचको अन्तरक्रिया कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै आगामी १५ दिनभित्र विद्यालय समायोजन, दरबन्दी मिलान र विद्यालय मर्जर गर्न आफूले गाउँपालिका स्तरमा शिक्षा समितिलाई निर्देशन गरिएको गरेको उपाध्यक्ष तिमिल्सिनाले बताउनु भयो । विद्यालयमा किशोर किशोरी शिक्षा प्रदान गर्ने, विद्यालयमाहरुमा मिन्सुरेशन प्याडहरु वितरण गर्नेृ, बालविवाह सम्बन्धी सचेतना जगाइ यसको बेफाइदाबारे जानकारी दिने, कृषि उत्पादनमा जोड दिने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

गल्छी गाउँपालिका १ नं. वडा अध्यक्ष पूर्णप्रसाद खतिवडाको अध्यक्षमा सम्पन्न कार्यक्रममा मानवअधिकार निगरानी समूह गोगनपानीका अध्यक्ष रामहरी थापा , कल्लेरीका अध्यक्ष चन्द्रबहादुर राइ, अपांग अधिकारकर्मी राजु रेग्मी, कृषक दुर्गाबहादुर थापामगर, शिक्षक कमला अर्याल लगायतले मानवअधिकार मैत्री काम गर्न स्थानीयतहको सरकारसंग माग गरेका थिए । यसैगरि कार्यक्रममा गल्छी गाउँपलिकाका चारबाल अधिकार चेतना समूहलाई इन्सेकको तर्फबाट उपलब्ध गराइएको रकमबाट खरिद गरिएको खेलकुदको सामाग्री वितरण गरिएको छ । भलिबल, फुटबल, चेस, ब्याडमिन्टन, स्पीकिङ, लगायतका सामाग्री गल्छी गाउँपलिका उपाध्यक्ष राधा तिमल्सीनाले बितरण गर्नु भएको इन्सेक जिल्ला प्रतिनिधि सिताराम अधिकारीले जानकारी दिनु भयो ।