वेनिघाटरोराङका प्रमुख प्रशासकीय अधिकृत थापाको निधन

1098 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ जेठ –  धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्षबहादुर थापाको बुधवार निधन भएको छ ।
गोर्खा जिल्ला घर भइ दुई वर्ष अघि देखि बेनिघाट रोराङ गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत ५४ वर्षीय थापाको बुधबार बिहान काठमाण्डौंमा निधन भएको हो । न्यून रक्तचापका कारण एक्कासी अस्वस्थ भएपछि स्वास्थ्य उपचारका लागी थापालाई काठमाण्डौंको नर्भिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तवहादुर डल्लाकोटीले वताए ।
थापालाई मंगलवार सांझ पख छाती अत्यन्तै दुखेर र स्वास प्रस्वासमा समस्या देखिएपछि राजमार्ग सामुदायिक अस्पताल मलेखुमा स्वास्थ्य परिक्षण गराउँदा त्यहाँका चिकित्सकहरुले तत्काल काठमाण्डौं जान सल्लाह दिएपछि बुधवार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । थापाको असायमिक निधन बाट वेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तवहादुर डल्लाकोटीले आंफु मात्रै होइन सिङ्गो गाउँ पालिका परिवारनै स्तव्ध भएको वताउनु भएको छ । अध्यक्ष डल्लाकोटीले शोक सन्तप्त परिवार जनप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्नुभएको छ ।
गाउँपालिकाले एउटा दक्ष राष्ट्रसेवक गुमाउनु परेको अध्यक्ष डल्लाकोटीले वताउनु भयो । मंगलबार दिनभरी कार्यालयमा बसेर काम गरेको मान्छे बुधवार निधन भएको खबरले वेनिघाट रोराङ गाउँपालिकाका जनप्रतिनिधि मात्रै होइन आम नागरिक समेत निकै स्तव्ध हुन पुगेका छन । थापाको निधन प्रति छिमेकी गाउँपालिकाका प्रम्ुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारी र जनप्रतिनिधि, कर्मचारी ,राजनैतिक कार्यकर्ता र अन्य सर्वसाधरणले समेत सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।