धादिङ समाज दक्षिण कोरिया धादिङ संस्था स्थापना

3015 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङ जिल्लाबाट वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएकाहरुको पहलमा धादिङ समाज दक्षिण कोरिया धादिङ नामक गैर सरकारी संस्थाको स्थापना गरिएको छ । नवगठित संस्थाको कार्य समिति नौ सदस्यिय रहेको छ जस्को अध्यक्षमा केशव श्रेष्ठ, उपाध्यक्षमा सुमन सिम्खडा, सचिवमा रामकृष्ण अधिकारी र कोषाध्यक्षमा ईश्वर रुपाखेती रहेका छन । कार्य समिति सदस्यहरुमा सुदर्शन खतिवडा,रामशरण भट्ट,राजेन्द्र थपलिया,बिनोद अधिकारी र उमेश अधिकारी छन् ।
दक्षिण कोरियामा रोजगारी गरेर फर्किएकाहरु समाजमा सम्मानजनक स्थापित हुन र दक्षिण कोरिया जान चाहने युवाहरुलाई आवश्यक सर सल्लाह एवम परामर्श दिंदै रचनात्मक कार्यहरु गर्नका लागि संस्थाको स्थापना गरिएको अध्यक्ष श्रेष्ठले वताए । संस्थाले कोरिया रिटर्नीहरु मार्फत रचनात्मक कार्यक्रमहरुका साथै सिपमुलक तालिम,उद्यम व्यवसाय लगायतका कार्यमा सहयोग गर्ने वताईएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङमा जेठ १ गते १५९६ नम्बरमा दर्ता भएको उक्त संस्था जेठ ८ गते समाज कल्याण परिषदमा ५०१२८ नम्बरमा आवद्ध भएको छ ।