डिप बोरिङ मार्फत् मुलाबारीको घरघरमै खानेपानी सुविधा

1134 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आइरहेका सिद्धलेक गाउँपालिका–३ का स्थानीयले डिप बोरिङ मार्फत् घरघरमै खानेपानी सुविधा पाउने भएका छन् ।

डीएफआइडीको आर्थिक सहयोग, मट म्याक डोनाल्डको व्यवस्थापन तथा फोकस नेपाल, अक्सफामको सहयोग र सिद्धलेक गाउँपालिकाको सहकार्यमा मुलाबारी डिप बोरिङ मार्फत् घरघरमै खानेपानी आयोजना निर्माण सम्पन्न गरी घरघरमा खानेपानी पु¥याए स्थानीय खुसी भएका छन् ।

डिप बोरिङ निर्माण कार्यका लागि सिद्धलेक गाउँपालिकाको ५८ लाख ७३ हजार ८ सय ७, स्थानीय बासीको श्रमदानबाट १५ लाख, ४२ हजार ९५ र अक्सफाम÷फोकस नेपालको ३५ लाख ५६ हजार ८ सय १ रुपैयाँ गरी कुल १ करोड, ९ लाख, ७२ हजार, ७ सय ३ रुपैयाँको लागतमा उक्त मुलाबारी डिप बोरिङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न गरिएको हो ।

खानेपानी आयोजना निर्माणपछि २ सय ३४ घरधुरीका १ हजार २ सय ४ जना लाभान्वित भएका छन् भने तीन वटा विद्यालयलाई समेत खानेपानी सहज भएको छ । निर्माण सम्पन्न गरिएको मुलाबारी डिप बोरिङ खानेपानी आयोजनाको एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण समेत गरिएको छ ।

मुलाबारी डिप बोरिङ खानेपानी आयोजनाका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा संघीय सांसद भूमिप्रसाद त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद त्रिपाठीले खानेपानी दैनिक जीवनको महत्वपूर्ण विषय भएकाले यसको विकल्प केही नभएको बताएका थिए ।

कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले गाउँपालिकाको सबै क्षेत्रमा खानेपानीको सुविधा दिने बताए । एक घर एक धाराका रूपमा डिप बोरिङ मार्फत् प्रत्येक जनताका घरघरमा धारा पु¥याई खानेपानीको सहज उपलब्धता दिलाउने बताए । गाउँपालिकाभरि अहिलेसम्म ७ वटा डिप बोरिङ खनेर खानेपानीको सुविधा दिलाएको समेत अध्यक्ष सिलवालले बताए ।

कार्यक्रममा फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले जिल्लाका विभिन्न ठाउँहरूमा खानेपानीको संकटलाई टार्न घरघरमा धारा जडान गरी खानेपानी सुविधा उपलब्ध गराइरहेको बताए । छत्कुलीले जिल्लामा खानेपानी आयोजनालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न संस्थाले योजना बनाएको समेत बताए । – सौर्य दैनिकबाट