घरघरमा खानेपानी पुर्याउने अभियानमा गजुरी गाउँपालिका

1020 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले २०७४ साल जेठमा अध्यक्षको पदभार ग्रहण गर्दै सवै नागरिकलाई शुद्ध पिउनेपानी खुवाउने प्रतिबद्धतासहितको पहिलो निर्णय गरे । आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्न उनी लागि परेका छन् । आफूले चुनावी घोषणापत्रमा उल्लेख गरी चुनावी नारा बनाएकाले पूरा गरेरै छाड्ने गरी काम गरिरहेको अध्यक्ष बस्नेतको दाबी छ ।
“महिलाहरूले खानेपानी ओसार्न घन्टौं समय खर्चनुका सार्थ शारिरीक श्रम गर्नुपर्ने देखेर नै मैले निर्वाचनमा मुख्य एजेन्डाका रूपमा एक घर एक धारा निर्माण गर्ने घोषणा गरेको हुँ,” उनले भने, “गजुरी गाउँपालिकामा ६ हजार १ सय ९१ परिवारमध्ये अहिले एकतिहाइ परिवारमा अर्थात २ हजार १८ परिवारमा मिटर प्रणालीमार्फत शुद्ध खानेपानी वितरण भइरहेको छ ।” उनले पाँच वटा योजना सर्भे डिजाइन भइसकेको बताए । ती योजनाबाट छ सय परिवार लाभान्वित हुने आशा गरिएको छ । अरु चारवटा योजना सामुदायिक धारामार्फत पानी वितरण भएका छन् । ती योजनालाई पनि एक घर एक धारा निर्माण गर्ने योजना छ । हरेक घरमा पानी पुगेपछि सरसफाईमासमेत सहयोग पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।

स्थानीय तह गठन हुनुअघि पूर्व किराञ्चोक, पीडा र गजुरी गाउँ विकास समितिका रूपमा रहेका थिए । त्यसवेला पनि बजार क्षेत्रमा घरघरमा धारा निर्माण गर्न थालएको थियो । तर गाउँघरमा सार्वजानिक धारा वा पधेंराबाट खानेपानी ल्याउनुपर्ने बाध्यता थियो । अझ २०७२ सालको भूकम्पपछि पानीका मुहान सुकेकाले खानेपानीको चरम अभाव भएको थियो । ती समस्यालाई दिगो समाधान गर्नु स्थानीय तहको चुनौतीका रूपमा देखिएको छ । तर गजुरी गाउँपालिकाले चालेको महाअभियानमा प्रयास नेपालले यूनाइटेड मिसन टु नेपाल र अक्सफामको आर्थिक सहयोगमा गाउँपालिकासँग साझेदारी गरिरहेको छ ।
१ करोड ९८ लाख ५२ हजार ७ सय ३४ रुपैयाँमा सम्पन्न श्यामैडाँडा खानेपानी योजनाबाट गजुरी गाउँपालिका वडा नं. ४, ६ र ७ का ३ सय २६ वटा धारा जडान गरिएको छ । योजना सम्पन्न गर्न समुदायका तर्फबाट ६३ लाख १७ हजार ८ सय ७५ रूपयाँ, गाउँपालिकाको २७ लाख ६३ हजार ९१ रुपैयाँ र प्रयास नेपालको १ करोड ७ लाख ७२ हजार ६ सय २० रुपैयाँ खर्च भएको छ । यसैगरी वडा नं। ५ मूलाखर्च खानेपानी योजनाको ३७ लाख ५० हजार ३१ रूपयाँमा ७४ वटा धारा निर्माण गरिएको छ । आयोजना सम्पन्न गर्न समुदायकातर्फबाट ६ लाख ५ हजार २५ रुपैयाँ र प्रयास नेपालको ३१ लाख २५ हजार २६ रूपयाँ खर्च भएको छ । अर्को मानेभञ्ज्याङ खानेपानी योजना ३८ लाख ७ हजार ४ सय रुपैयाँमा १ सय १२ वटा धारा निर्माण गरिएको छ । योजना सम्पन्न गर्न समुदायका तर्फबाट ६ लाख ४३ हजार ८ सय ७४ रुपैयाँ र प्रयास नेपालको ३१ लाख ६३ हजार ५ सय २६ रुपैयाँ खर्च भएको छ ।
यसैगरी वडा नं। ५ कै दलित वस्ती आयोजनामा १४ लाख ६१ हजार ५ सय ७० रुपैयाँमा १७ वटा धारा निर्माण गरिएको छ । योजना सम्पन्न गर्न सम्पन्न गर्न समुदायको तर्फबाट २ लाख ४३ हजार ५ सय ९५ रुपैयाँ र प्रयास नेपालको १२ लाख १७ हजार ९ सय ७५ रूपयाँ खर्च भएको छ ।
यसैगरी वडा नं। ३ को अँधेरीखोला खानेपानी योजना २३ लाख १७ हजार ४ सय ८२ रुपैयाँमा २४ वटा धारा निर्माण गरिएको छ । योजना सम्पन्न गर्न सम्पन्न गर्न समुदायको तर्फबाट ३ लाख ८६ हजार २ सय ४७ रुपैयाँ र प्रयास नेपालको १९ लाख ३१ हजार २ सय ३५ रूपयाँ खर्च भएको छ । वडा नं। ५ अर्को योजना साँधीखोला गलौदी ३७ लाख ५३ हजार ४ सय ३८ रुपैयाँमा ७१ धारा निर्माण गरिएको छ । योजना सम्पन्न गर्न समुदायका तर्फबाट ६ लाख २५ हजार ५ सय ७३ रुपैयाँ र प्रयास नोपलको ३१ लाख २७ हजार ८ सय ६५ रुपैयाँ खर्च भएको छ । यसैगरी वडा नं। ५ कै छबिसे खानेपानी योजना ३७ लाख ४५ हजार १ सय ३८ रूपयाँ खर्च गरिएको छ ।
त्यस्तै वडा नं। ६ को राम्चे खानेपानी १ करोड ८६ लाख २६ हजार ३ सय २३ रुपैयाँमा २ सय ८२ वटा धारा निर्माण अन्तिम चरणमा पुगेको छ । यो योजना सम्पन्न गर्न समुदायका तर्फबाट ६५ लाख ८० हजार ७ सय ७५ रुपैयाँ, गाउँपालिकाको २८ लाख ८९ हजार ९ सय र प्रयास नेपालको ९१ लाख ५५ हजार ६ सय ४८ रुपैयाँ खर्च हुँदैछ । यसैगरी वडा नं। ५ को ढाडेनी खानेपानी योजना २० लाख ९४ हजार ९ सय ९१ रुपैयाँमा ४४ वटा धारा निमार्ण कार्य भइरहेको छ । यो योजना सम्पन्न गर्न समुदायका तर्फबाट ४ लाख ३९ हजार ८ सय ४ रुपैयाँ, गाँउपालिकाको ३ लाख ६ हजार ६ सय रुपैयाँ र प्रयास नेपालको १३ लाख ४८ हजार ५ सय ८६ रूपयाँमा खर्च हुने छ ।
वडा नं। ५ को च्याङली योजना ५४ लाख ९२ हजार ७ सय ९८ रुपैयाँमा १ सय १६ धारा निर्माण सम्पन्न हुने अवस्थामा छ । यो योजना सम्पन्न गर्न समुदायका तर्फबाट १९ लाख ३३ हजार ५ सय ५८ रुपैयाँ, गाउँपालिकाको ३ लाख १८ हजार ५ र प्रयास नेपालको ३२ लाख ४० हजार ७ सय ३९ रूपयाँ खर्च हुने छ । वडा नं। ८ ढुंगेचौरमा गाउँपालिकाको आफ्नै स्रोतमा २७ वटा धारा निर्माण गरिएको छ । यसअघि गजुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गजुरी बजारमा ७ किलोमिटर टाढाबाट पानी ल्याएर ‘पानी शुद्धीकरण प्रविधि” बाट फिल्टर गरी खानेपानी वितरण गरी ६ सय घरमा निजी धारा जडान गरिएको छ । यस्तै आदमघाट र बेल्खु बजारका २ सय घरमा र मलेखु माछा बजारका १ सय घरमा पनि निजी धारा निर्माण गरिएको छ । आगामी आर्थिक वर्षमा सुरु गर्ने गरी ५ वटा आयोजनामार्फत् ६ सय परिवारलाई लक्षित गरी सर्भे सम्पन्न गरिसकेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।