अनलाइन पत्रकार संघको नेत्तृत्व सर्वसम्मत चयन

908 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – अनलाइन पत्रकार संघको अध्यक्षमा शिवप्रसाद सत्याल पुनःचयन हुनुभएको छ । काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारण सभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरको हो ।

संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन हुनुभएको छ । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्राकुराडटकमका गोविन्द अधिकारी चुनिनुभएको हो ।

यस्तै सदस्यहरुमा सेतोपाटी डटकमका प्रकाश ढुंगाना, काठमाडौं खबर डटकमका चन्डिका गुरागाईं, अन्नपूर्णका निर्दोष घोरसाइने चयन हुनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।