जेठ २५ गते त्रिशूली नदीमा ३१ औँ वार्षिक जलयात्रा उत्सव हुंदै

1516 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-  नेपालमा पहिलो पटक व्यवसायिक रुपमा जलयात्राको शुरुवात भएको त्रिशूली नदीको बैरेनी महेशदोभानमा ३१ औँ वार्षिक जलयात्रा उत्सव आयोजना हुने भएको छ । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ २०७६ साल जेठ २५ गते शनिबार त्रिशूली नदीको बैरेनी महेशदोभान देखि मलेखु सम्म ३१ औँ वार्षिक जलयात्रा उत्सव हुन लागेको हो । नेपालमा जलयात्राको प्रारम्भ सन १९६० मा त्रिशूली नदीको महेश दोभानबाट भएको इतिहास छ ।

।नेपालमा साहसिक जलयात्रा ¥याफ्टिङको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा उत्सव गर्नलागेको नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले जानकारी दिएको छ । नाराका महासचिव शिव अधिकारीका अनुसार जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्नका लागि नेपाल पर्यटन वोर्डको सहयोगमा नाराले उत्सव आयोजना गर्न लागेको हो । ३० औं बार्षिक जलयात्रा पनि त्रिशूली नदीको बाँदरे देखि फिस्लिङ सम्म आयोजना गरिएको थियो ।

उत्सवमा करीब ४०० जना नेपाली तथा विदेशी जलयात्रीले भाग लिने अपेक्षा गरिएको छ । पन्ध्र वर्षदेखि ६० वर्षसम्मका जलयात्रीले भाग लिन सक्ने महासचिव अधिकारीले वताउनु भयो । उत्सवमा भाग लिने स्वदेशी तथा विदेशी जलयात्रीहरुको लागि प्रतिव्यक्ति १९९९ रुपैयाँ शुल्क कायम गरिएको छ । साना ठूला नदीनालालाई पर्यटन र वातावरणका लागि संरक्षित गराउन, पर्यटन विकास, जलयात्रा र वातावरण संरक्षणका लागि खोलानाला जोगाउनुपर्छ भन्ने सन्देश दिनु, नाराका सदस्यलाई व्यवस्थित, मर्यादित र थप परिष्कृत गराउनु उत्सवको मूल उद्देश्य रहेको नाराले जनाएको छ  ।

नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ । त्रिशूली नदी नेपालको पहिलो साहसिक जलयात्रा शुरुवात भएको नदी हो । नेपालमा सन १९६० बाट साहसिक जलयात्रा शुरू भएको थियो सन १९६० मा न्यूजिल्याण्डका नागरिक सर एडमण्ड हिलारीले नेपालमा साहसिक जलयात्राको शुरुआत गरेका थिए । त्यसपछि सन १९७५ मा नेपाल सरकारले साहसिक जलयात्राका लागि भन्दै विभिन्न १० ओटा नदीलाई स्वीकृति प्रदान गरेको थियो । सन् १९७५ पूर्व विदेशीहरूले मात्र व्यक्तिगत मनोरञ्जनका लार्गि ¥याफ्टिङको उपयोग गर्ने गरेको थियो । त्रिशूली नदीमा बढ्दै गएको प्रदुषणको कारण पछिल्लो समय जलयात्राको गन्तव्यस्थल बदलिंदै जान थालेको जलपर्यटन व्यवसायीहरु बताउँछन् ।