थाँक्रे गाउँपालिकामा खानेपानीको गुणस्तर परिक्षण

1122 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेबेसी – धादिङको थाँक्रे गाउँपालिकामा खानेपानीको गुणस्तर परिक्षण गरिएको छ ।

समुदायले पिउने पानीको मुहानमा प्राकृतिक,रासायनिक,जैविक र भौतिक प्रतिकृयाबाट हुनजाने दुषितलाई समाधान गरी समुदायमा शुद्ध पिउने पानीको पहुँच विस्तारमा सहयोग पु¥्याउने उद्धेश्यले खानेपानीको गुणस्तर जाँच गरिएको हो । नमूना परिक्षणमा नियमित पिउने पानीको शुद्धता, पिएच ,ट्याम्पेचर,कल्चरका साथै प्रत्येक मुहानको पानीमा अम्लियपन र क्षरियपन, कडापन, आईरन,एमोनियार कोलिफमको मात्रा कस्तो छ भन्ने जाँच गरिएको थियो ।


थाँक्रे गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महादेबेशी स्वास्थ्य चौकीमा भएको खानेपानी परिक्षण कार्यक्रममा थाँक्रे गाउँपालिका सबै वडाका महिला स्वयमसेविकाहरुले गाउँ गाउँबाट ल्याएको खानेपानीलाई नमूनाको रुपमा परिक्षण गरिएको थियो ।
थाँक्रे गाउँपालिकाका स्वास्थ शाखा संयोजक रबिन्द्रप्रसाद पाण्डेले खानेपानीको अवस्था यसको महत्व र पानी परिक्षण गर्दा हुने फाईदाका बारेमा सहभागी हरुलाइ जानकारी गराउनु भएको थियो । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक रबिन्द्रप्रसाद पाण्डे ,जिल्ला अस्पताल धादिङका ल्याब टेक्निसियन नबराज अधिकारी गाउँपालिकाका खानेपानी तथा सरसफाई टेक्निसियन तुलबहादुर खत्रीले पानीको परिक्षण गर्नु भएको थियो ।


पालिकामा पहिलो पटक सञ्चालन भएको पानीको गुणस्तर परिक्षण कार्यमा वडाका सबै वडाका महिला स्वयंसेविका र उपभोक्ताहरुको सहभागिता रहेको थियो । मुहान देखि मुख सम्मको खानेपानीको सरसफाई र पानीप्रयोग गर्नु भन्दा पहिला घरेलु पानी शुद्धिकरणको बिधी अपनाएर ( उमालेर, फिल्टर गरेर, सोडिस गरेर ) मात्रै पानीको प्रयोग गर्न अनुरोध गरिएको थियो ।
– तस्बिरहरु  : राजाराम डंगोल / कृषि रेडियो