जब महिलाले हाँस्दै-हाँस्दै यसरी बाथटबमै बच्चा जन्माइन् …

3032 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

संसार बिचित्रको छ । मान्छेहरु यहाँ हरेक दिन नयाँ नयाँ काम गरेर आंफुलाई फरक ढंगले चिनाउन चाहन्छन् । मान्छेका सोख पनि अनेक खाले हुन्छन। सोखका लागि गरिएका त्यस्ता कामले आफ्नै ज्यानै धरापमा पार्दा पनि कतिपयले आफ्नो सोचाई परिवर्तन गर्न चाहँदैनन् । केही समय अघि अमेरीकाको एक फोटो ग्राफरले बाथ टवमा बसेर हाँस्दै हाूँदै बच्चा जन्माएको फोटो अहिले डिजिटल दुनियाँमा निकै भाईरल बनिरहेको छ ।स्वास्थ्य बिज्ञानका हिसावले यो कार्य सही थियो या गलत त्यस्को पाटो फरक होला तर ति गर्भवती महिलाले बाथ टवमा हाँसी हाँसी बच्चा जन्माएको कुरा भने धेरैको लागि चासोको बिषय बनेको छ ।
एकजना युवतीले बाथटबमा बच्चा जन्माएका तस्वीरहरु अहिले इन्टरनेटमा भाइरल बनिरहेका छन् । पेसाले फोटोग्राफर रहेकी ती अमेरिकाकी महिलाले बाथटबमा प्राकृतिक तबरले बच्चा जन्माएका तस्वीरहरु अर्की फोटोग्राफर तथा उनकी साथी क्याथी रोसारियाले खिचेकी हुन् ।
आफ्नी साथीले घरमै प्राकृतिक तबरले बच्चा पाउने तयारी गरिरहेको थाहा पाएपछि क्याथी सतर्क तथा उत्सुक बनेकी थिइन् । बच्चालाई निकै माया गर्ने क्याथीको स्वभाव थियो र बच्चाको तस्वीर क्लिक गर्ने शौख उनको थियो ।
क्याथीले आफ्नी साथीले बाथटबमा बच्चा जन्माएका तस्वीर सार्वजनिक गर्दै भनेकी छिन्, ‘मेरा लागि बच्चा जन्माउने बेलाकी महिलालाई देख्नुजत्तिको अद्भुत केही पनि होइन ।’आफ्नी साथीले नै घरमा बच्चा जन्माउन थालेकाले आफुलाई यसको अनुभुति अझै बढि भएको उनले बताएकी छिन् ।
उनले यसअघि पनि बच्चा जन्मिँदाको समयमा तस्वीरहरु खिचिसकेकी छिन् । आमा भन्ने चिज पृथ्वीमा रहेको सबैभन्दा अद्भुत प्राणी रहेको उनले बताएकी छिन् । उनले आफ्नी साथीको नाम भने खुलाएकी छैनिन् ।
हेरौँ बाथटबमा बच्चा जन्माउँदा केही क्षणहरु
baby-born-2
baby-born-1
baby born 4
विदेशि न्यूज एजेन्सीहरुको सहयोगमा