स्वाबलम्बी महिला समूहका ३३ जना सदस्यलाई बाख्रा उपहार

1518 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिद्धलेक- धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ का किसानहरुलाई व्यवसायिक बाख्रापालनबाट आयआर्जनमा सघाउ पु¥याउन बाख्रा उपहार प्रदान गरिएको छ ।


हेफर ईन्टरनेशनल नेपालको सहयोगमा प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ द्धारा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत असार २ गते सोमबार ३३ जना किसानलाई बाख्रा उपहार प्रदान गरिएको हो ।

स्थानीय बागबच्छला स्वाबलम्बी महिला समुहले सोमबार विभिन्न ३ ओटा समुहका ३३ जना सदस्यहरुलाई उपहार स्वरुप एक–एक ओटा बाख्रा वितरण गरेको थियो । कार्यक्रममा बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरिएको थियो । बागबच्छला स्वावलम्बी महिला समुहका अध्यक्ष भीम कुमारी श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी महिला समूहक सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य रहेको थियो। हेफर ईन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम निर्देशक निना जोशी ,कार्यक्रम व्यवस्थापक प्रेम स्याबयु,कोरियाली पाहुनाहरु,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल,उपहार महिला सहकारीका सचिव सुनिता सिलवाल , सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सिद्धलेक गाउँपालिका अध्यक्ष सिलवालले महिला ससक्तिकरण र दिगो आयआर्जनका लागि यस्तो कार्यक्रमले महत्वपुर्ण भूमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।


दिर्घकालिन आयआर्जनका लागि कृषि तथा पशुपालन महत्वपुर्ण क्षेत्र रहेको भन्दै अध्यक्ष सिलवालले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न महिला किसानहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकालाई कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने योजना कार्यान्वयन गर्न यस्ता कार्यक्रमहरु निकै प्रभावकारी रहेको भन्दै प्रयास नेपाल लगायतका संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भएको प्रयास नेपालका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।


सिद्धलेक गाउँपालिकामा कुनै पनी जग्गा बाझो राख्न नपाउने निती बनेको भन्दै जग्गा बाँझो राखेर खेती नगरे कारबाही गर्न सकिने चेतावनी दिनुभयो ।