कृष्णभिरमा तीनवटा सवारी साधन ठोक्किंदा दुईको मृत्यु

1385 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१५ असार – धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरमा आईतबार विहान ११ वजे तिर तीन वटा सवारी साधन एक आपसमा ठोक्किंदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३० जना घाईते भएका छन् ।

काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको लु १ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाण्डौ गईरहेको जाँदै गरेको बा ३ ख १००४ नम्बरकको माईक्रो र बा २ख ४५६७ नम्बरको अर्को माईक्रो एक आपसमा ठक्कर खाँदा तीनवटा सवारी साधनमा यात्रा गरिरहेका ३० जना यात्रु घाईते भएका थिए । घाईते मध्ये २ जनाको घटनास्थलमा नै मृत्यू भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

घाईतेहरुको उपचारको लागी राजमार्ग अस्पताल मलेखुमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाण्डौमा १८ जनालाई रिफर गरिएको छ । यसै गरी गजुरी अस्पतालमा ७ जना‚ चरौदी अस्पतालमा २ जनाको उपचार भईरहेको छ भने ३ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएको पनि प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि बा २ख ४५६७ नम्बरको माईक्रोबसका चालक काभ्रे महादेवस्थान का २७ बर्षिय श्यामकुमार श्रेष्ठ र अन्दाजी २० बर्षिया सीता गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रुपक खड्काले वताउनु भयो । बा ३ ख १००४ नं को बस चालक जिल्ला नवलपरासी मध्यबिन्दु नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २७ को रबिन खड्का सामान्य घाईते रहेको र निजलाई प्रहरी चौकी जोगिमाराको नियन्त्रणमा राखिएको पनि खड्काले जानकारी दिनुभयो ।