सीआईबीको डीएसपी भन्दै ठग्न खोज्दा पक्राउ

991 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी० को प्रहरी नायब उपरीक्षक (डीएसपी) भएको बताएर ठगी गरेको आरोपमा धादिङका एक जना काठमाण्डौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको धुनिवेशी– २ का राजेन्द्रप्रसाद लुइँटेल रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख डीएसपी कुमारविक्रम थापाका अनुसार उनलाई नगार्जुन नगरपालिका–७, सीतापाइलाबाट पक्राउ गरिएको हो ।

‘हाल चन्द्रागिरी–५ बस्दै आएका लुइँटेलले विभिन्न व्यक्तिलाई डीएसपी भएको बताएर ठगी गर्दै आएका थिए’, डीएसपी थापाका अनुसार ‘आफ्नो सेक्युरिटी कम्पनी रहेको बताएर लुईटेलले ५ प्रतिशत शेयरका रुपमा १ लाख ६० हजार रुपैयाँ उठाएका थिए ।’बार्गेनिङ गर्दै गरेको अवस्थामा लुइँटेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।