वडाअध्यक्ष तामाङ आक्रमण गर्नेलाई कारवाहीको माग

2064 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटी सदस्य एवम रहेका नीलकण्ठ नगरपालिका वार्ड नं १४ का वडाध्यक्ष फन्द्रा तामाङ (रोशन) माथि भएको सांघातिक आक्रमणको नेकपा धादिङले भर्त्सना गरेको छ ।

नेकपाबाट निर्वाचित जनप्रतिनिधिमाथि श्रृंखलावद्ध आक्रमण हुनेक्रम बढ्दै गएपछि पार्टीले यस्ता घटना नियोजित र षड्यन्त्र मुलक जघन्य साङ्घातिक हमला भएको ठहर समेत गरेको छ ।

विरामी परी स्वास्थ्य उपचारका लागि काठमाडौंमा कोठामा आराम गरिरहेको बेला साउन ३ गते दिउँसो ४ वजे तिर अज्ञातसमूहले रोशन तामाङमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको नेकपाले जनाएको छ । हतियारधारी समूहको आक्रमणबाट तामाङको छाती तथा तिघ्रामा गम्भिर चोट लागेको पारिवारिक श्रोतले जनाएको छ । कोठामा बसिरहेको मान्छे माथि हमला गर्ने क्रुर, पाशविक, र आपराधिक कार्यको जति भत्र्सना गरेपनि कमी हुने भन्दै नेकपा धादिङका अध्यक्ष भूमि त्रिपाठीले दोषी लाई छिट्टो पक्राउ गरी हदैसम्मको कारबाही गर्न र गराउन सम्बन्धित निकायसंग जोडदार माग गर्नु भएको छ ।

घाइते तामाङको ग्राण्डी अस्पताको आठौं तला, ८०६ नं बेडमा उपचार भैरहेको वताईएको छ ।