छिमेकीलाई बोक्सी आरोप लगाउने अनिता विरुद्ध उजुरी

970 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१५ साउन  – सिद्धलेक गाउँपालिका-२ नलाङकी २५ वर्षीया पविता दुवाडीले कथित बोक्सी आरोप लगाउने छिमेकी २५ वर्षीया अनिता मगर विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७६ साउन १४ गते उजुरी दिएकी छिन् ।

लुगा धुन लागेको बेला साउन १३ गते साँझ कथित बोक्सीको आरोप लगाउँदै दुरव्यवहार गरेको पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनायो ।

एक महिनादेखि कथित बोक्सी आरोप लगाउँदै बच्चालाई समेत बोक्सीको छोरा भनेर दुरुव्यवहार गर्ने गरेको पीडितले जनाइन् ।

पटक पटकको दुरव्यवहारबाट आजित भएपछि कारबाहीको माग गर्दै उजुरी दिएको पिडितले वताईन । प्रहरीमा उजुरी दर्ता भएपछि आरोपित महिला फरार रहेकी छिन ।