रुवीभ्याली र नेत्रावतीमा अझै पनि पुगेन बैंक

1774 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सरकारले देशैभरिका स्थानीय तहमा २०७५ बैशाख भित्रमा कम्तिमा एक एक वटा बाणिज्य बैंकको शाखा पु¥याउने लक्ष्य राखेको भएपनि धादिङको रुवीभ्याली र नेत्रावती गाउँपालिका सहित देशभरका २१ वटा स्थानीय तहमा अझै सम्म एउटा पनि वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् ।

धादिङ जिल्लाको १३ स्थानीय तह मध्ये एउटा पनि बैकको पहुँच नभएको जिल्लाको रुवीभ्याली र खनियाबासमा बैक अफ काठमाण्डौं, ज्वालामुखी र त्रिपुरासुन्दरीमा मेगा बैंक , गंगाजमुनामा एसविआई र सिद्धलेक गाउँपालिकामा कुमारी बैकको शाखा स्थापना गर्न बैंकहरुले प्रतिबद्धता जनाएका थिए । बैंकहरुको प्रतिबद्धता अनुसार अन्य स्थानीय तहमा बैंकको शाखा खु्ले पनि रुवीभ्याली र नेत्रावतीमा भने अहिले सम्म बैंक पुग्न सकेका छैनन् ।

भौगोलिक विकटता र आवश्यक पूर्वाधारको विकास नहुँदा देशभरका २१ स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेको नेपाल राष्ट्र बैकले जनाएको छ । प्रदेश नम्वर ५ मा भने सबै स्थानीय तहमा बैंकका शाखा पुगेको बताईएको छ ।राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार बाँकी रहेका स्थानीय तहमा पनि बैंकका शाखा छिट्टै संचालनमा ल्याउन पहल भईरहेको छ ।

सामान्यतः बैंकको शाखा संचालनका लागि राम्रो घर, बिजुली, इन्टरनेटको पहुँच आवश्यक पर्ने भएकाले ति सुविधा नहुँदा पनि बैकको शाखा संचालनमा ल्याउन समस्या परेको बैंकहरुको दावी छ ।प्रदेश १ को एक,प्रदेश २, ३ र ४ का २/२ स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी रहेको छ । प्रदेश ६ का ८ र ७ का ६ स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन् ।

बैंक पुग्न बाँकी स्थानीय तह

मिक्काखोला गाउँपालिका – ताप्लेजुङ

जीराभवानी गाउँपालिका – पर्सा

धनुषाधाम नगरपालिका – धनुषा

रुवी भ्याली गाउँपालिका – धादिङ

नेत्रावती गाउँपालिका – धादिङ

नार्फुु गाउँपालिका – मनाङ

धार्चे गाउँपालिका – गोरखा

काईके गाउँपालिका – डोल्पा

छार्का ताङतोङ गाउँपपालिका– डोल्पा

महावै गाउँपालिका – कालिकोट

शे फोक्सुण्डे गाउँपालिका – कालिकोट

कुसे गाउँपालिका – जाजरकोट

जुनीचाँदे गाउँपालिका – जाजरकोट

बारेकोट गाउँपालिका – जाजरकोट

पाण्डव गुफा गाउँपालिका – बाजुरा

स्वामी कार्तिक गाउँपालिका – बाजुरा

गौमुल गाउँपालिका – बाजुरा

बुढीनन्दा गाउँपालिका – बाजुरा

काँडा – गाउँपालिका बझाङ

थलारा गाउँपालिका – बझाङ