साइकल यात्री श्रेष्ठ धादिङबाट गोरखा प्रस्थान

1964 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- पर्यटन बर्ष २०२० को प्रचार प्रसार एवम ‘भ्रष्टचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन क्षेत्रको प्रवद्र्धन गरौँ’ भन्ने नारा लिएर खोटाङको दिक्तेलबाट चैत्र ३ गतेदेखि साइकल यात्रामा निस्किएका कर्ण श्रेष्ठ सोमबार धादिङ सदरमुकाम धादिङबेसीबाट गोरखा प्रस्थान गरेका छन् । यात्रा शुरु गरेको ६ महिना भित्रमा देशका ७७ वटै जिल्लाको सदरमुकाम पुगेर यात्रा सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए ।

साइकलयात्राका क्रममा भ्रष्टाचारविरुद्धको अभियान र नेपालमा स्वदेशी लगानीका उद्योग स्थापनाका बिषयमा जागरण फैलाउने लाई मुख्य उद्देश्य बनाएका श्रेष्ठ ३५ औँ जिल््लाको रुपमा धादिङ आइपगेका हुन । धादिङका पत्रकारहरुलाई साइकल यात्राबारे जानकारी दिँदै श्रेष्ठले भ्रष्टाचारमुक्त समाज निर्माण गरी धर्म र संस्कृतिको रक्षा,स्वदेशी सामान उत्पादन, वजारीकरण गर्नु आजको आवश्यकता रहेको बताएका थिए । देशको अथाह प्राकृतिक स्रोत साधनको उचित सदुपयोग गरी अगाडि बढ्न सके सुखी नेपाली समृद्ध नेपाल निर्माणको परिकल्पना पुरा गर्न सकिने श्रेष्ठको भनाई थियो ।

आईतबार सांझ धादिङबेसी आईपुगेका श्रेष्ठ सोमबार नै धादिङबाट गोरखा जिल्ला प्रश्थान गरेका थिए ।