राष्ट्रिय फोटोपत्रकार समुह ३ नंं प्रदेश कमिटि गठन

1088 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी, २ भदौ –  अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटोपत्रकार समुह एनएफपीजे नेपालको ३ नंं प्रदेश कमिटिको गठन गरिएको छ । सोमबार धादिङबेसीमा सम्पन्न भएको प्रदेश भेलाले राष्ट्रिय फोटो पत्रकार समुह ३ नम्बर प्रदेशको अध्यक्षमा नारायण सिलवाल चयन गरेको हो । सिलवाल धादिङ जिल्ला नेपाल फोटो पत्रकार संघका संस्थापक अध्यक्ष समेत हुन ।

राष्ट्रिय फोटो पत्रकार समुह नेपालका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भएको समूहको प्रथम अधिवेशन सम्पन्न भएको हो ।

यस्तै ३ नम्बर प्रदेश समितिको उपाध्यक्षमा सुदिप सिवाकोटी , सचिवमा राजन अधिकारी र कोषाध्यक्षमा लोकेश लिम्बु सदस्यहरुमा कपिल खड्का, राजेन्द्र आचार्य, राजेन्द्र गजुरेल चयन भएका छन् । अधिवेशनले नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिहर सिंह राठौर र महासंघ ३ नम्बर प्रदेश समितिका सल्लाहकार गिरिजा अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ । अध्यक्ष नारायण सिलवालले प्रदेशभित्र रहेका प्रत्येक जिल्लामा राष्ट्रिय फोटो पत्रकार समुह गठन गरिने र फोटो पत्रकारहरुको लागि क्षमता अभिबृद्धिका लागि सिप मुल तालिम चलाईने प्रतिबद्धता जनाएका छन् ।