प्रधानमन्त्रीको कार्यभार ईश्वर पोखरेललाई

594 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलो उपचारको लागि सिंगापुर प्रस्थान गर्नु भएको छ। ओली सिंगापुर प्रस्थान गरेसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको अनुपस्थितिमा पोखरेललाई प्रधानमन्त्रीको कार्यभार तोक्नु भएको हो ।  नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले बिहिबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।