रवि लामिछाने सहित तीनै जनाको पहिलो तारेख असोज ५ मा

1124 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन, भदौं ९–चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र शुद्ध तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ । सोमबार चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि तीनै जनालाई साक्षी तारेखका लागि असोज ५ गतेको मिति तय गरेको हो ।

चितवन जिल्ला न्यायधिश हेमन्त रावलले रवि ५ लाख, युवराज ३ लाख र अस्मितालाई शुद्ध तारेखमा रिहा गर्न आदेश दिएका थिए ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका लामिछानेले शालिकराम आत्महत्या संग सम्बन्धित रहेर कुनै पनि कार्यक्रम प्रशारण  समेत गर्न नपाउने भएका छन् ।  लामिछानेले यूटुब, टेलिफोन वा अन्य सञ्चार माध्यमबाट शालिकराम मृत्यु प्रकरण र यस मुद्दासम्बन्धी कुनै कार्यक्रम चलाउन नपाउने गरी फैसला भएको छ । रवि र युवराजलाई विदेशमा जानुअघि अदालतसँग स्वीकृत लिनुपर्ने छ ।

 यस्तो छ अदालतको आदेश पढ्न यहाँ किलिक गर्नुहोस