गैरीगाउँबाट प्रहरीले शुरु ग¥यो गाँजा फडानी अभियान

1996 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ११ भदौ – धादिङ प्रहरीले अवैध गाँजा खेती फँडानी अभियान सुरु गरेको छ ।


बुधवार जिल्लाको गजुरी गाउँपालिकाको वडा नम्बर ४ गैरीगाँउमा पुगेर ५० जना प्रहरीले करीब २ सय ५० रोपनी  जमिनमा लगाइएको गाँजा खेती फँडानी गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारको नेत्तृत्वमा गएको प्रहरी टोलीले गैरी गाउँमा पुगेर अबैध गाँजा खेती फँडानी अभियान शुरुवात गरेको हो ।


अवैध गाँजा चरेश वेचविखनमा कडाई गर्दै प्रहरीलेले गाँजा खेती नियन्त्रणका लागि फडानी गर्ने कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गाँजा फडानीका लागि अभियान नै सञ्चालन गरिएकाले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।


गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने उहाँले वताउनु भयो ।
प्रहरीले हरेक बर्ष गाँजा खेती फडानीका लागि अभियान सञ्चालन गरिरहेको भएपनि जिल्लामा लागू औषध गाँजा र चरेशको उत्पादन, बेचविखनमा कमि आउन भने सकेको छैन ।