आज बाट तीन दिन सम्म मध्यम वर्षा हुने सम्भावना

923 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ ,१८ भदौ –  देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भु(भागमा औसत स्थान भन्दा केहि माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेको मौसम विज्ञान विभागले जनाएको छ । साथै बंगालको खाडीको उत्तर – पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ । जस्का कारण देशभर सामान्यदेखि पूर्णतया बदलि भई केहि स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा भईरहेको विभागले जनाएको छ ।

विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान समेत गरेको छ । पहिलो दिन भदौ १८ गते बुधबार दिउँसो देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको पूर्वानुमान विभागले गरेको छ ।

राति देशभरी सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पुर्वका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै देशभर थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ ।

दोश्रो दिन भाद्र १९ गते बिहिबार दिउँसो देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका पहाडि तथा पश्चिमि भेगका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ भने पश्चिमि पहाडी भेगका १/२ स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

तेश्रो दिन भदौ २० गते शुक्रबार दिउँसो देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ भने राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । साथै पश्चिमि पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षाका साथै थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

यसको प्रभावले पहाडि भु-भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।