नेकपा धादिङको पालिका कमिटी अध्यक्ष र सचिव चयन

2752 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२१ भदौ – लामो समय देखि नेत्तृत्व विहिन अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) धादिङका १३ वटै स्थानीय तहले अध्यक्ष र सचिव पाएका छन । अध्यक्ष र सचिवको चयन संगै पालिका स्तरीय कमिटी गठनका लागि बाटो खुलेको छ । दुई पार्टी एकता भएपछि बिघटन भएका दुवै पार्टीका संगठनहरु लामो समय देखि निष्क्रिय अवस्थामा रहेको थियो ।
जिलाको १३ वटै स्थानीय तहमा अध्यक्ष र सचिव चयन भएको छ । पार्टीका अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा शनिवार धादिङबेसीमा सम्पन्न भएको पार्टीको जिल्ला कमिटी बैठकले धादिङका २ नगरपालिका र ११ गाउँपालिका कमिटीको अध्यक्ष र सचिव चयन गरेको हो ।

बैठकमा सहभागी जिल्ला कमिटीका एक सदस्यका अनुसार साविकको एमालेले १ नगरपालिका सहित ८ र माओवादी केन्द्रले १ नगरपालिका सहित ५ स्थानीय तहमा पार्टीको नेत्तृत्व सम्हाल्ने भएको छ । अध्यक्ष र सचिव साविकको फरक फरक पार्टीबाट राखिएका छन ।

दुई कम्युनिष्ट पार्टी एकता पछि बनेको पहिलो पालिका कमिटीमा माओवादी केन्द्रले रुवीभ्याली,नेत्रावती, गजुरी, बेनिघाटरोराङ गाउँपालिका र नीलकण्ठ नगरपालिकाको अध्यक्ष पाएका छन । एमालेको भागमा परेको स्थानीय तहमा धुनिवेसी नगरपालिकाका साथै थाँक्रे,गल्छी, सिद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, गंगाजमुनार खनियावास गाउँपालिका रहेको छ ।

पार्टीको स्थानीय तहको जिम्मेवारी पाउनेहरु यस प्रकार रहेका छन । रूबिभ्यालीमा अध्यक्ष रामसिह तामाङ,सचिब पुरन तामाङ खनियाबासमा अध्यक्ष फुरबहादुर तामाङ सचिब लाल बहादुर तामाङ, नेत्रावती डबजोङ अध्यक्ष प्रेम तामाङ,सचिब सुबर्ण रिमाल,गंगा जमुना अध्यक्ष बिष्णु सिम्खडा, सचिब रामेश्वर सिम्खडा,त्रिपुरासुन्दरी अध्यक्ष रामहरी अधिकारी,सचिब सुवास अधिकारी, ज्वालामुखी अध्यक्षमा धर्मबहादुर अर्याल र सचिब कृष्णमान श्रेष्ठ चयन भएका छन ।

त्यसै गरी नीलकण्ठ नपा अध्यक्ष दिपक बिक,सचिब हरीकुमार श्रेष्ठ,सिद्घलेक अध्यक्ष खुनराज थापा,सचिब पुष्प थपलिया,बेनिघाट रोराङ अध्यक्ष कृष्ण थपलिया (बिबेक)सचिब रमेशकुमार भट्टराई,गजुरी अध्यक्ष सूर्य बहादुर दोङ तामाङ,सचिब माधब भण्डारी र गल्छी अध्यक्षमा केदारनाथ खतिवडा र सचिबमा रामशरण सेञ्चुरी,थाक्रे अध्यक्ष कृष्ण पन्त र सचिब यन्त्र बहादुर थापा (जिन्दगी) धुनिबेशी नपामा अध्यक्ष रामराजा पान्डे सचिब राज कुमार पाठक रहेका छन ।
बैठकमा नेकपाका केन्द्रिय सदस्यहरु राजेन्द्र पाण्डे,पुष्पबिक्रम मल्ल, कल्पना धमला, खेमप्रसाद लोहनी ,३ नम्बर प्रदेश कमिटीका अध्यक्ष नारायण दहाल, सचिव आनन्दप्रसाद पोखरेल जिल्ला इन्चार्ज शालिकराम जमकट्टेल,धादिङबाट ३ नम्बर प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरुको आतिथ्य रहेको थियो ।

पार्टीको पालिका स्तरीय कार्यदलबाट सिफारिस भई आएका सदस्यहरुनै सम्वन्धित पालिकाको कमिटिमा रहने वताईएको छ ।